२०८१, २० बैशाख बिहीबार

काभ्रेको बेथानचोक गाउँपालिकाका सबै वडा कार्यालयमा विद्यूतीय हाजिर मेसिन जडान

काभ्रेपलाञ्चोक जिल्लाको बेथानचोक गाउँपालिका अन्तर्गतका सबै वडा कार्यालयहरुमा विद्यूतीय मेसिनबाट हाजिरी सुरु गरिएको छ । गाउँ पालिकालाई प्रविधि मैत्री बनाउने उद्देश्यका साथ शुत्रबार देखि विद्यूतीय हाजिरी मेसिन सञ्चालनमा ल्याइएको हो । साथै आगामी दिनमा बेथानचोक गाउँपालिका भित्रका स्वास्थ्य चौकी, विद्यालयहरूमा पनि इ–हाजिरी जडान गरिने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत टेकराज आचार्यले जानकारी दिए । ‘अहिले वडा…