२०८१, १० बैशाख सोमबार

मेरो गाउँपालिकालाई जिल्लाकै पहिलो महिला हिंसामुक्त बनाउने योजना बनाएको छु ।

मेरो गाउँपालिकालाई जिल्लाकै पहिलो महिला हिंसामुक्त बनाउने योजना बनाएको छु ।


रुक्मेणी गुरुङ, उपाध्यक्ष खानीखोला गाउँपालिका

० गाउँ सभा सम्पन्न भएको छ, तपाईको गाउँसभाले के कस्ता योजनालाई प्राथमिकतामा राखेको छ ?
– गत असारको २९ गते हाम्रो गाउँसभालाई हामीले सम्पन्न ग¥यौं । यो आर्थिक वर्षका लागि विशेष गरी सडक, शिक्षा र स्वास्थ्यका क्षेत्रलाई प्राथमिकतामा राखेर बजेट विनियोजन गरिएको छ ।

० तपाई महिला हुनुहुन्छ, महिलाको क्षेत्रमा चाहिं के कस्तो योजनाहरु गाउँसभाले पारित गरेको छ ?
– हामीले महिलाको नेतृत्व विकास तथा सीपमुलक तालिमहरु सञ्चालन गर्नका लागि ५ लाख र अल्पसंख्यक महिलाहरुका लागि १० लाख रकम विनियोजन गरेका छौं ।

० गत वर्ष महिलका लागि के– कस्ता योजना थिए, ती कतिको कार्यान्वयन भएका थिए ?
– गत वर्ष महिला र बालबालिकाको लागि १७ लाख बजेटको व्यवस्था गरिएको थियो । त्यसमध्ये गाउँपालिकाभित्र रहेका न्युन आर्थिक अवस्था भएका महिलाहरुको छनौट गरी केहीलाई सिलाई कटाई सम्बन्धी तालिम, मुडा बनाउने सीप लगायतका कार्यक्रमहरु सञ्चालित भएका थिए भने गाउँपालिका भरीका न्युन आय अवस्था भएका बालबालिकाका लागि अध्ययनमा सहयोग पु¥याउन स्टेशनरी वितरण गरिएको थियो । त्यसैगरी गाउँपालिका भित्र रहेका दलित महिलाहरुको हितमा आरन सुधार कार्यक्रम सञ्चालनमा ल्याइएको थियो ।

० तपाई न्यायिक समितिको संयोजक हुनुहुन्छ, यो गठन कसरी भयो ?
– मेरो संयोजकत्वमा जम्मा तीनजना सदस्य रहने गरी एक न्यायिक समिति गठन भएको छ । जसलाई गत हिउँदेसभाले अनुमोदन ग¥यो । यसका सदस्यहरुमा वडा नं. ५ का वडाअध्यक्ष दुर्गा तिमल्सिना र वडा नं. ६ का वडाअध्यक्ष मानबहादुर गोले यस समितिका सदस्य हुनुहुन्छ ।

० अहिलेसम्म यो समितिका कामहरु कसरी सम्पादन भएका छन् ?
– गाउँपालिकाभित्र हुने गरेको जुनसुकै झै–झगडा र मुद्दाहरु न्यायिक समिति मार्फत पीडितलाई न्याय दिने र पीडकलाई कारबाही गर्ने गरी न्याय सम्पादन गर्ने गरिएको छ ।

० विशेष गरी तपाईको गाउँपालिकामा कस्ता मुद्दाहरु दर्ता हुने गरेका छन् ?
– खासगरी अंशबंडा, सम्बन्ध विच्छेद, श्रीमान र श्रीमतीका बीचमा हुने झै–झगडा, कुटपीट लगायतका मुद्दाहरु बढी दर्ता हुने गरेका छन् ।

० गाउँपालिकाभित्र महिला हिंसाको अवस्था के–कस्तो पाउनु भएको छ ?
– हाम्रो गाउँपालिका काभ्रेको पनि दुर्गम क्षेत्रमा पर्छ । त्यसमा पनि जनजातिहरुको बाहुल्य बसोबास भएकोले गर्दा मादक पदार्थ सेवन गरी महिलाहरुमाथि कुटपीट, दुव्र्यवहार र यातना दिने तथा बालविवाह समेत प्रशस्त हुने गरेको पाइएको छ । महिलाहरु शैक्षिक हिसाबले पनि पछाडि परेकाले घरभित्रकै काममा उनीहरु सीमित रहँने गरेको अवस्था विद्यमान छ । यसले गर्दा उनीहरु देखिएर आफूमाथि भएको हिंसाको प्रतिवाद पनि गर्न नसकेकाले पनि हाम्रो गाउँपालिकामा महिला हिंसा बढी भएको अनुभूति मैले गरेकी छु ।

यसलाई न्यूनीकरण गर्न र महिलाहरुको अवस्थालाई सुधार गरी सक्षम बनाउन के–कस्ता योजना बनाइएको छ ?
– हिंसामा परेका महिलाहरुलाई हामीले सशक्तीकरण गर्ने र त्यस्ता पीडामा परेका महिलाहरुलाई विभिन्न सीपमुलक तालिमहरु जस्तै व्यवसायिक पशुपालन, बाख्रापालन, अम्रिसो खेती, कफी खेती, फलफूल खेती, कुखुरापालन जस्ता आयआर्जनका कार्यक्रमहरु सञ्चालन गरी उनीहरुको आर्थिक अवस्थामा सुधार ल्याउने योजना हामीले बनाएका छौं । यसबाट उनीहरुलाई हिंसामुक्त बनाउनेछ भन्ने हामीले सोचेका छौं । यसबाट उनीहरु आफै सक्षम हुनेछन् र जीविकाका लागि अरुमा निर्भर हुनुपर्ने अवस्था नभएपछि हिंसा सहेर बस्नु पर्ने बाध्यता रहँदैन ।

० महिलालाई उपाध्यक्ष जस्तो महत्वपूर्ण पदमा बसेर काम गर्न कत्तिको सहज छ ? तपाईको कार्यपालिकाले के–कस्तो सहयोग गरेको छ ?
– बाहिरबाट सोचेको जस्तो महत्वपूर्ण पदमा बसेर काम गर्न त किन सजिलो हुन्थ्यो र † हुन त हाम्रो समाज पनि पितृसतात्मक सोचबाट प्राभावित भएकाले पनि महिलाहरुलाई कम विश्वास गर्ने प्रचलन छ । संविधानले गाउँपालिकाको उपाध्यक्षलाई व्यावस्था गरेका अधिकारहरु पूर्णरुपमा प्रयोगमा ल्याउने भने अलि समय लाग्छ भन्ने अनुभूति मैले गरेकी छु । मैले माथि पनि भने महिलाहरुलाई हाम्रो समाजे छिट्टै नपत्याउने अवस्था छ । त्यसैले पनि कतिपय अनिवार्य रुपमा सहभागीता पाउनु पर्ने गतिविधिबाट देशभरका महिला जनप्रतिनिधीहरु बञ्चित हुने गरेका छन् । यो हाम्रो परिवारबाटै शुरु हुने र त्यो माथिल्लो पदसम्म पुग्ने गरेको छ । समाज यही हो आखिर हाम्रो खानीखोला गाउँपालिका पनि त्यसबाट टाढा छैन ।

० अन्त्यमा तपाईको केही भन्न बाँकी छ कि ?
– अझै काम गर्ने समय ४ वर्ष बाँकी छ । विशेषगरी खानीखोला गाउँपालिका भित्र रहेका महिलाहरुको अवस्थालाई सुधार ल्याउनका लागि पितृसत्तात्मक सोचाईमा परिवर्तन ल्याउने गरी जनचेतनामुलक कार्यक्रमहरु प्रत्येक वडामा सञ्चालन गर्ने, उनीहरुको आर्थिक अवस्था सुदृढ बनाउनका लागि आवश्यकताको पहिचान गरी सीपमुलक तालिमहरु, आयआर्जनमुलक क्रियाकलापमार्फत उनीहरुलाई सक्षम बनाउने योजना रहेको छ । तत्कालै महिला उद्यमीहरुका लागि कोशेलीघर निर्माण गरी उनीहरुको व्यवसायिक कार्यलाई प्रोत्साहित गराउने योजनालाई पनि आफूले प्राथमिकतामा राखेकी छु । अबको ४ वर्षभित्रमा खानीखोला गाउँपालिकाका महिलाहरु हिंसामुक्त बनाउने सपना देखेकी छु ।
–सजना आचार्य

प्रकाशित मिति : २०७५, १६ श्रावण बुधबार  ६ : ३१ बजे

जंगलको डढेलो गाउँमा, ७० भन्दा धेरै घरगोठ जले

रुपन्देही: लुम्बिनी प्रदेशका पहाडी जिल्ला अर्घाखाँची, गुल्मी, पाल्पा, प्यूठानका वन

विराटनगरको रानीमा झडप: डिएसपीसहित ७ प्रहरी घाइते

विराटनगर: मोरङ प्रशासनले अर्को सूचना जारी नहुञ्जेल भेला, र्‍याली, सभा

काभ्रेमा अज्ञात समूहले काटिदियो बुद्धचित्तको बोट, तीन करोडमा लागेको थियो ठेक्का

काभ्रे । काभ्रेको रोशी–५ नागबेलीमा रहेको ठकुरानी तामाङको घरमा रहेको

मिडिया काउन्सिल विधेयक पारित गर्ने तयारीमा सरकार

काठमाडौं । सूचना सञ्चार तथा प्रविधिमन्त्री रेखा शर्माले मिडिया काउन्सिल

को कतिबेर सुत्छन्, सबैभन्दा लामो निन्द्रा चिनियाँको !

काठमाडौं । कामको धपेडीले गर्दा राम्ररी निदाउन नपाएर लखतरान परिरहने