२०८१, ८ बैशाख शनिबार

काभ्रेका स्थानीय तहमा एउटै शिर्षकमा फरक फरक कर, नागरिकमा संघीय व्यवस्थाप्रति आशाभन्दा निराशा बढी

काभ्रेका स्थानीय तहमा एउटै शिर्षकमा फरक फरक कर, नागरिकमा संघीय व्यवस्थाप्रति आशाभन्दा निराशा बढी


बनेपा, काभ्रे । केन्द्रमा दुईतिहाइको वाम सरकार त्यस्तै प्रदेश र स्थानीय सरकारमा समेत अधिकांश स्थानमा वामपन्थीहरु कै बर्चश्व भएको समयमा लगाइएको चर्को करका कारण जनता आतंकित देखिएका छन् । विशेषगरी स्थानीय सरकाले मनपरी ढंगले राजश्व संकलन गर्ने नीति अख्तियार गरेपछि जनस्तरबाट आलोचना र असन्तुष्टि व्यक्त भइरहेको छ ।

राजश्वका कारण सिर्जित त्रासले संघीय व्यवस्थाप्रति नै जनता सशंकित देखिन थालेका छन् । जनतालाई अधिकार सम्पन्न बनाइएको भनिएको व्यसवस्थामा जनता बढी नै आशावादी हुनुपर्ने हो तर यथार्थमा निराशाको भुँवरीमा रङ्मङ्गिएको पाइएको छ । न्युनतम् शुल्क लिएर गरिने सिफारिस दस्तुरदेखि प्रमाणपत्रसम्मका सबै क्षेत्रमा अत्याधिक कर निर्धारण गरेर नागरिकको ढाढ सेकाइएको छ । संघीय व्यवस्थाले जनतालाई उठ्नै मुस्किल हुने गरी थङ्थिलो बनाएको छ । त्यसैले स्थानीय सरकारहरुद्वारा मनलाग्दी रुपमा तोकिएको करलाई केन्द्र सरकारले नियत्रण गरी व्यवस्थित गराउन प्रतिनिधिसभामा सांसदहरुले माग गरेका छन् । सरकारले मनपरी असुल्न थालिएको करलाई नियन्त्रण नगरे जनतामा आक्रोश बढ्ने र उनीहरुमा निराशा र कुण्ठा थपिदैं गएमा संघीय व्यवस्था नै खतरामा पर्ने समेत सांसदहरुले सभामा आंैल्याएका छन् । यसै विषयमा केन्द्रित भएर काभ्रेका स्थानीय सरकारले कुन–कुन शीर्षकमा राजस्व संकलन के कसरी गरिएको छ भन्ने विषयमा खोजतलास गरिएको रिपोर्टअनुसार सेवाग्राहीबाट निम्नअनुसार कर असुल्ने गरेको देखिएको छ ।

राजधानीबाट नजिक रहेको काभ्रे जिल्लामा ६ नगरपालिका र ७ गाउँपालिका गरी १३ वटा स्थानीय तह छन् । केही शीर्षकमा बाहेक जिल्लाका प्रायः गाउँपालिका तथा नगरपालिकाले लगभग उस्तै जस्तो देखिने गरी राजस्व संकलन नीति अपनाएको देखिएको छ ।

काभ्रेका स्थानीय सरकारले यसरी तोकेका छन् कर

बनेपा नगरपालिकाले एकीकृत सम्पत्तिको कर १० लाख रुपैयाँँको २५ देखि ५० हजारसम्म वार्षिक कर तोकेको छ । ५ सयदेखि ५० हजारसम्म व्यवसाय कर, १० प्रतिशत बहाल कर, १५ रुपैयाँदेखि ७० रुपैयाँसम्म विज्ञापन कर र सवारी साधन कर ५ सय रुपैयाँ लिने गरेको छ ।

पर्यटकीय नगरको पहिचान बनाएको जिल्लाको धुलिखेल नगरपालिकाले सम्पती कर २ सय रुपैयाँदेखि ४५ लाख रुपैयाँसम्म लिने गरेको पाइएकोे छ । नगरपालिकाका अनुसार सरसफाई गरे बापत १ सय रुपैयाँ देखि १० हजार रुपैयाँसम्म लिइएको छ । व्यवसाय कर २ सय रुपैयाँदेखि २५ सयसम्म लिने गरिएको छ । सवारी साधनमा २० देखि ५ सय रुपैयाँ र विज्ञापनमा २ सय देखि १ हजार, मनोरञ्जनमा १५ सय रुपैयाँ लिने गरिएको धुलिखेल नगरपालिकाले जनाएको छ ।

त्यस्तै धार्मिक तथा पर्यटकीय नगर पनौतीले पनि विभिन्न शीर्षकमा कर लिदै आएको छ । पनौती नगरले एकीकृत सम्पतीमा १ सयदेखि ७५ हजार रुपैयाँसम्म वार्षिक कर लिने गरेको नगरपालिकाका लेखा अधिकृत कृष्णप्रसाद सैजुले जानकारी दिएका छन् । उनका अनुसार साना तथा ठूला व्यवसायीहरुलाई १ हजारदेखि २ लाख ५० हजार रुपैयाँ, विज्ञापनलाई २० देखि ४० रुपैयाँसम्म कर लिने गरिएको छ ।

कृषि उत्पादनको उर्वर क्षेत्र भनेर चिनिने पाँचखाल नगरपालिकाले पनि विभिन्न शिर्षकमा कर लिने गरेको छ । नगरपालिकाका शाखा अधिकृत रोशन पुनले दिएको जानकारी अनुसार सम्पती कर ५ सयदेखि २५ हजार, घरजग्गामा १० प्रतिशतका दरले, व्यवसाय ५ सयदेखि ४ लाखसम्म, जडीबुढी कवाडी र जीवजन्तुलाई २ सयदेखि ५ सय सवारी साधान कर ५ सयदेखि १५ सय, विज्ञापन कर १ सय ५० देखि ५ हजार, मनोरञ्जनमा ५ सय, नाता प्रमाणित ३ सय, विबाहित÷अविबाहित प्रमाणित ५ सय, सर्जमिन मुचुल्का ५ सय र नावालक प्ररिचपत्र १ सय रुपैयाँ कर लिने गरेको पाइएको छ ।

यसैगरी काभ्रेको मण्डन देउपुर नगरपालिकाले सम्पति कर र घरनक्शा पास गर्ने बाहेक अन्य कुनै पनि शीर्षकमा कर लिने काम अहिलेसम्म नभएको उक्त नगरमा कार्यरत कर्मचारी रामचन्द्र बजगाईले जानकारी दिएका छन् । उनकाअनुसार १० करोड सम्पति बराबर ३५ हजार रुपैयाँ सम्पति कर लिने व्यवस्था गरिएको छ भने ५ लाख बराबरको सम्पतिका लागि ५० रुपैयाँ कर लिने गरिएको छ ।

उता चौरींदेउराली गाउँपालिकाले भने राजस्व असुली गर्ने नीति तथा कार्यक्रममा सार्वजनिक गरेको छ तर एकीकृत सम्पति, प्राकृतिक श्रोत साधन, सवारी कर लगायतका शीर्षकहरुमा न्युनतम र अधिकतम शुल्क भने गाउँपालिकाले तोकेको पाइएको छैन ।

त्यस्तै जिल्लाको ऐतिहाँसिक धार्मिक तीर्थस्थल रहेको नमोवुद्ध नगरपालिकाले पनि सम्पतिको मूल्यांकनको आधारमा कर निर्धारण गरेको छ । नमोवुद्धले सम्पति करमा न्युनतम् ५० रुपियाँ लिने गरेको पाइएको छ । कार्यकारी अधिकृत कुमार कोइरालाकाअनुसार बहाल कर १० प्रतिशत, व्यवसाय कर न्युनतम १ हजारदेखि अधिकतम ६० हजारसम्म, जडिबुटी १ हजारदेखि २ हजार, सवारीसाधन ५०० देखि १०००, विज्ञापनमा १० देखि २० रुपैयाँ लिने गरिएको छ ।

नमोवुद्धसँगै जोडिएको रोशी गाउँपालिकाको भने सम्पति करमा न्युनतम २०० देखि ८००० सम्म लिने व्यवस्था गरिएको गाउँपालिका श्रोत बताउँछ । व्यवसाय करमा भने उक्त गाउँपालिकाले ५०० देखि २००० सम्म असुल गर्ने गरेको पाइएको छ । घर बहाल करमा १० प्रतिशलाई नै कायम गरेको छ । श्रोतकाअनुसार विज्ञापन करमा भने गत सालमा तोकिएको ५० हजारमा १० प्रतिशतले वृद्धि गर्ने निर्णय भएको निवर्तमान हुँदै गरेका कार्यकारी अधिकृत युवराज आचार्यले बताए । त्यस्तै नक्शा पासमा भने पक्की घरका लागि स्क्वायर फिटको आधारमा र कच्ची घरलाई २५०० सम्म लिने व्यवस्थाको अभ्यास भइरहेको छ । उक्त गाउँपालिकाको गाउँसभामा वडाअध्यक्षहरुले आफूहरुको कुनै काम नहुने भएकाले कर संकलन गर्न पाउनुपर्ने माग गरेपछि कर संकलन सम्बन्धी सबै काम वडाले गर्ने निर्णय गाउँसभाले गरेको थियो ।

जिल्लाको कोशीपारि क्षेत्रमा पर्ने भुम्लु गाउँपालिकाले जनतलाई सस्तो कर निर्धारण गरेको दावी गरेको छ । गाउँपालिका अध्यक्ष गुमानध्वज कुँवरले आफ्नो गाउँपालिकामा प्रति रोपनी जग्गाको बार्षिक कर ५ रुपियाँ लिने गरेको बताए । उनकाअनुसार ५ लाखसम्मको सम्पति र एउटा घरको एकिकृत सम्पत्ति करबापत १ सय ५० रुपिया असुल्ने गरिएको छ । नाता प्रमाणित बाहेक जन्म, मृत्यु, सम्बन्ध विच्छेद जस्ता घटना दर्ता गर्दा ३५ दिन अगावै आएमा निःशुल्क गर्ने गरिएको छ भने ३५ दिनभन्दा पछि आएमा केही शुल्क लिने गरिएको छ । नाता प्रमाणित गर्दा भने भुम्लु गाउँपालिकाले १०० रुपियाँ लिने गरेको छ भने जग्गा बेच्दा घरबाटोको सिफारिसमा १०० देखि २०० सम्म लिने गरिएको छ ।

काभ्रेको विकट मानिने महाभारत गाउँपालिकाले सम्पति करमा प्रतिरोपनी १० देखि २० रुपियाँसम्म निर्धारण गरेको छ । गाउँपालिकाले व्यवसाय करमा ५०० देखि २५ हजारसम्म असुल्ने गरेको पाइएको छ । सवारी सधानमा भने २० रुपियाँदेखि १००० रुपियाँ सम्म लिने गरिएको उक्त गाउँपालिकाले मनोरञ्जन करमा भने ३०० देखि २००० सम्म लिने गरेको गाउँपालिकाका अध्यक्ष कान्छालाल जिम्बाले बताए । उक्त गाउँपालिकाले जडीबुटी, कवाडी, जीवजन्तुहरुमा १००० रुपियाँ मूल्याङकन बराबर १ रुपियाँ निर्धारण गरेको पाइएको छ ।

प्रकाशित मिति : २०७५, ३१ श्रावण बिहीबार  १० : २० बजे

विराटनगरको रानीमा झडप: डिएसपीसहित ७ प्रहरी घाइते

विराटनगर: मोरङ प्रशासनले अर्को सूचना जारी नहुञ्जेल भेला, र्‍याली, सभा

काभ्रेमा अज्ञात समूहले काटिदियो बुद्धचित्तको बोट, तीन करोडमा लागेको थियो ठेक्का

काभ्रे । काभ्रेको रोशी–५ नागबेलीमा रहेको ठकुरानी तामाङको घरमा रहेको

मिडिया काउन्सिल विधेयक पारित गर्ने तयारीमा सरकार

काठमाडौं । सूचना सञ्चार तथा प्रविधिमन्त्री रेखा शर्माले मिडिया काउन्सिल

को कतिबेर सुत्छन्, सबैभन्दा लामो निन्द्रा चिनियाँको !

काठमाडौं । कामको धपेडीले गर्दा राम्ररी निदाउन नपाएर लखतरान परिरहने

कर्णाली प्रदेशको मुख्यमन्त्रीमा एमाले नेता यमलाल कँडेल नियुक्त

सुर्खेत । कर्णाली प्रदेशको मुख्यमन्त्रीमा नेकपा एमाले संसदीय दलका नेता