२०८१, ९ बैशाख आईतबार

निर्णय विपरित अध्यक्षले योजना पेश गरेपछि गाउँसभा बहिस्कारको घोषणा, तेमाल गाउँपालिकाको बजेट ३१ करोड ४१ लाख

निर्णय विपरित अध्यक्षले योजना पेश गरेपछि गाउँसभा बहिस्कारको घोषणा, तेमाल गाउँपालिकाको बजेट ३१ करोड ४१ लाख


काभ्रे । काभ्रेको तेमाल गाउँपालिकाको गाउँसभा आइतबार सम्पन्न भएको भनिए पनि कम्युनिस्ट पार्टीबाट निर्वाचित वडाअध्यक्षहरुले गाउँसभालाई बहिस्कार गरेका छन् । उक्त गाउँसभामा अध्यक्ष सलाम सिं तामाङले नीति तथा कार्यक्रम र उपाध्यक्ष दुर्गामाया तामाङले आ.व. २०७५/७६ को बजेट प्रस्तुत गरेका थिए ।

गत असारको १० गते नै सम्पन्न गरिसक्नु पर्ने गाउँसभा हिजो १७ गते आइतबार शुरु गरी सम्पन्न भएको भनिएको छ । तर १६ गते मध्यान्नमा गाउँ कार्यपालिकाले छानेको योजना र त्यसको बजेटका सम्बन्धमा भएको निर्णयलाई अध्यक्ष सलामसिं तामाङले फेरबदल गरी बजेट प्रस्तुत गरिएपछि कम्युनिस्ट पार्टी निकटका वडाअध्यक्षहरुले त्यसको विरोध गर्दै गाउँसभा बहिष्कार गरेको घोषणा गर्दै सभाहलबाट बाहिरिएका थिए । उनीहरुले गाउँपालिका अध्यक्षले नीति तथा कार्यक्रम प्रस्तुत गरिरहँदा पटक–पटक आपत्ति समेत जनाए । फेरबदल गरिएका योजनाहरुमा बहुमत सदस्यको सहमति नहुने देखिएपछि पहिला उपस्थितिमा हस्ताक्षर गराएर त्यसैलाई आधार मान्दै बहुमतले नीति तथा कार्यक्रम र बजेट पास भएको देखाउने योजनाका साथ सामाजिक परिचालकहरुले हस्ताक्षर संकलन गरेको देखिएको थियो । बहिष्कार गर्ने वडाअध्यक्षले समेत उपस्थितिमा भने हस्ताक्षर गरेको बताइन्छ । त्यसैले अध्यक्ष सलामसिं केहीले मात्रै असहमति जनाएका हुन् भन्छन् । विधिवत रुपमा यसरी हस्ताक्षर भएपछि गाउँपालिकाका अध्यक्ष र सदस्य सचिवको हस्ताक्षर भएपछि सबै निर्णयहरु पास हुने व्यवस्था छ । तर यसरी असहमति हुँदाहुँदै झुक्याएर पास गरिएको बजेटभित्रका सबै कार्यक्रम र निर्णयहरुलाई अध्यक्षले कार्यान्वयन गराउन भने काभ्रेको तेमाल गाउँपालिकामा मुस्किल देखिन्छ । किनभने गाउँ कार्यपालिका र गाउँसभामै पनि नेपाल कम्युनिस्ट पार्टीको पूर्ण बहुमत रहेको छ ।

यस कारणले गाउँसभा बहिष्कार

गाउँपालिका स्तरको योजनाहरुलाई बजेट तर्जुमा समितिले गरेको निर्णय विपरित गाउँपालिका अध्यक्ष र उपाध्यक्षले ब्यापक हेरफेर गरेको भन्दै १० जना कार्यपालिका सदस्यहरुले गाउँसभा बहिष्कार गरेको घोषणा गरे पनि उता अध्यक्ष सलामसिं तामाङ भने बहुमतले नै निर्णयहरुलाई पास गरेको दावी गर्दछन् । उपाध्यक्ष दुर्गामाया तामाङले बजेट भाषण गर्दैगर्दा समितिले गरेको निर्णयलाई हेरफेर गरेको भन्दै वडा नं. ८ का वडा अध्यक्ष लक्ष्मीबहादुर घिसिङले आपत्ति जनाउँदै बैठक बहिष्कारको घोषणा गरेका थिए ।

यसअघि बजेट तर्जुमा समितिले गाउँपालिका स्तरको योजनाहरु बनाएका थिए । जसअनुसार बोहोरे दोमान र कालीमाटी तेमाल प्रवेशद्वारका लागि २० लाख, तुम्सुमकुण्ड सिंडी निर्माणका लागि ५ लाख, तेमाल साँस्कृतिक अध्ययन पर्यटन स्मारिकाका लागि ५० लाख, गाउँपालिका कार्यलयसम्म जाने सडक निर्माणका लागि ७ लाख, नारायणस्थान माविको घेराबारको लागि १० लाख बिनियोजन गरिएको थियो ।

समितिले निर्णय गरेको कुरालाई व्यापक हेरफेर गरेकोले गाउँसभा बहिष्कार गर्नुपरेको वडा अध्यक्ष घिसिङले खबरघरलाई बताएका छन् । आफ्ना वडा सदस्यहरुसँग समेत छलफल गर्ने समय नदिई बजेट तर्जुमा गर्न बाध्य बनाएको भन्दै उनले अध्यक्षसँग आक्रोश व्यक्त गरेका थिए । घिसिङले बहिष्कारको घोषणा गरेपछि गाउँसभा सदस्यहरु र गाउँ कार्यपालिका सदस्यहरु सभाहलबाट बाहिरीएका थिए ।

यसैबीच बहिष्कार पछि गाउँपालिका अध्यक्षलाई सम्बोधन गरी गाउँसभा बहिष्कार गर्नुको कारण खुलाई पत्र समेत दर्ता गरिएको थियो । गाउँसभामा नेकपासँग आबद्ध रहेका वडा अध्यक्ष र गाउँकार्यपालिका सदस्यहरुको संख्या १० जना छ भने नेपाली काँग्रेससँग आबद्ध वडा अध्यक्ष र गाउँपालिका अध्यक्ष उपाध्यक्ष गरी ७ जना मात्र रहेका छन् ।

यस्तो छ तेमालको बजेट

तेमाल गाउँपालिकाको कुल बजेट ३१ करोड ४१ लाख ६२ हजार आय सहित अनुमान गरिएको छ । अनुमानित आयमा आन्तरिक राजस्वबाट १ करोड ९४ लाख ३१ हजार ७ सय, राजस्व बाँडफाडबाट ५ करोड ७१ लाख ४८ हजार, अन्य आय आन्तरिक राजस्व बापत रु. ८ लाख, नेपाल सरकारबाट २१ करोड ५१ लाख र प्रदेश सरकारबाट २ करोड १६ लाख ८३ हजार रहेको छ । त्यसैगरी व्ययतर्फ- चालुखर्चमा २२ करोड ५५ लाख ३४ हजार र पूँजीगततर्फ ८ करोड ८६ लाख २५ हजार अनुमान गरिएको छ । तेमालमा गापाका प्रत्येक वडाहरुबाट आएको योजनालाई नै प्राथकिकीकरणको आधारमा बजेट विनियोजन गरिएको उपाध्यक्ष तामाङले सभामा जानकारी दिएकी थिइन् ।

कुन शिर्षकमा कति बजेट ?

१ नं. वडामा पूर्वाधार विकासतर्फ ४१ लाख २८ हजार ५ सय १२ रुपैयाँ, सामाजिक विकासतर्फ १० लाख ७६ हजार ८ सय २८, आर्थिक विकासतर्फ ५ लाख ४० हजार ८ सय २३ गरी जम्मा ५७ लाख ४६ हजार १ सय ६३ रुपैयाँ छुट्याइएको छ ।
२ नं. वडामा पूर्वाधार विकासतर्फ ४१ लाख २८ हजार ५ सय १२ रुपैयाँ, सामाजिक विकासतर्फ १० लाख ७६ हजार ८ सय २८, आर्थिक विकास तर्फ ५ लाख ४० हजार ८ सय २३ गरी जम्मा ५७ लाख ४६ हजार १ सय ६३ रुपैयाँ छुट्याइएको छ ।
३ नं. वडामा पूर्वाधार विकास तर्फ १९ लाख २३ हजार ३ सय ५, सामाजिक विकास तर्फ ४ लाख ३३ हजार ८ सय ८३, आर्थिक विकास तर्फ २ लाख १७ हजार ९ सय १६ गरी जम्मा २५ लाख ७५ हजार १ सय ४ रुपैयाँ छुट्याइएको छ ।
४ नं. वडामा पूर्वाधार विकास तर्फ २८ लाख ३७ हजार २ सय १५, सामाजिक विकास तर्फ ८ लाख २६ हजार ८ सय ४९, आर्थिक विकास तर्फ ४ लाख १५ हजार २ सय ८२ गरी जम्मा ४० लाख ७९ हजार ३ सय ४६ रुपैयाँ छुट्याइएको छ ।
५ नं. वडामा पूर्वाधार विकास तर्फ ६६ लाख ८८ हजार ३ सय ७२, सामाजिक विकास तर्फ ११ लाख ९३ हजार ८ रुपैयाँ, आर्थिक विकास तर्फ ५ लाख ९९ हजार २ सय १९ गरी जम्मा ८४ लाख ८० हजार ६ सय ६९ रुपैयाँ रुपैयाँ छुट्याइएको छ ।
६ नं. वडामा पूर्वाधार विकास तर्फ ५३ लाख २४ हजार ३ सय २६, सामाजिक विकास तर्फ १० लाख ३ हजार ७७ , आर्थिक विकास तर्फ ५ लाख ३ हजार ७ सय ९१ गरी जम्मा ६८ लाख ३१ हजार १ सय ९४ रुपैयाँ रुपैयाँ छुट्याइएको छ ।
७ नं. वडामा पूर्वाधार विकास तर्फ ४२ लाख ५२ हजार १ सय ९८, सामाजिक विकास तर्फ ११ लाख १५ हजार २ सय ९५, आर्थिक विकास तर्फ ५ लाख ६० हजार १ सय ५२ गरी जम्मा ५९ लाख ६७ हजार ६ सय ४५ रुपैयाँ छुट्याइएको छ ।
८ नं. वडामा पूर्वाधार विकास तर्फ ६१ लाख ४७ हजार ३ सय १, सामाजिक विकास तर्फ १३ लाख १८ हजार ६ सय ६५, आर्थिक विकास तर्फ ६ लाख ६२ हजार २ सय ९४ गरी जम्मा ८१ लाख २८ हजार २ सय ६० रुपैयाँ छुट्याइएको छ ।
९ नं. वडामा पूर्वाधार विकास तर्फ ६१ लाख ४७ हजार ३ सय १, सामाजिक विकास तर्फ ११ लाख ५६ हजार ६ सय १७, आर्थिक विकास तर्फ ५ लाख ८० हजार ९ सय ६ गरी जम्मा ७८ लाख ८४ हजार ८ सय २४ रुपैयाँ छुट्याइएको छ ।

प्रकाशित मिति : २०७५, १८ असार सोमबार  ५ : १९ बजे

जंगलको डढेलो गाउँमा, ७० भन्दा धेरै घरगोठ जले

रुपन्देही: लुम्बिनी प्रदेशका पहाडी जिल्ला अर्घाखाँची, गुल्मी, पाल्पा, प्यूठानका वन

विराटनगरको रानीमा झडप: डिएसपीसहित ७ प्रहरी घाइते

विराटनगर: मोरङ प्रशासनले अर्को सूचना जारी नहुञ्जेल भेला, र्‍याली, सभा

काभ्रेमा अज्ञात समूहले काटिदियो बुद्धचित्तको बोट, तीन करोडमा लागेको थियो ठेक्का

काभ्रे । काभ्रेको रोशी–५ नागबेलीमा रहेको ठकुरानी तामाङको घरमा रहेको

मिडिया काउन्सिल विधेयक पारित गर्ने तयारीमा सरकार

काठमाडौं । सूचना सञ्चार तथा प्रविधिमन्त्री रेखा शर्माले मिडिया काउन्सिल

को कतिबेर सुत्छन्, सबैभन्दा लामो निन्द्रा चिनियाँको !

काठमाडौं । कामको धपेडीले गर्दा राम्ररी निदाउन नपाएर लखतरान परिरहने