२०८१, १० बैशाख सोमबार

चौरीदेउरालीको बजेट ३३ करोड भन्दा बढी (पूर्ण पाठ सहित)

चौरीदेउरालीको बजेट ३३ करोड भन्दा बढी (पूर्ण पाठ सहित)


काभ्रेपलाञ्चोक जिल्लाको कोशीपारी क्षेत्रमा पर्ने चौरीदेउराली गाउँपालिकाले आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गरेको छ । तेस्रो गाउँसभा मार्फत आर्थिक वर्ष २०७५/७६ को बजेट नीति तथा कार्यक्रम सार्वजनिक गरेको हो । शनिबार ३३ करोड ३५ लाख १४ हजार रुपैयाँको सार्वजनिक गरिएको हो ।

संघीय सरकारबाट प्राप्त हुने वित्तिय समानीकरण ७ करोड ६३ लाख ११ हजार र राजस्व वाँडफाँडबाट प्राप्त हुने ५ करोड ५५ लाख ८८ हजार, संघबाट प्राप्त हुने शशर्त अनुदान तर्फ १२ करोड १८ लाखको आय अनुमान गरिएको छ । यसैगरि प्रदेश सरकारबाट प्राप्त हने वित्तिय समानीकरण तर्फ ७७ लाख १२ हजार र सर्शत अनुदान ३ करोड ५४ लाख ३ हजार रहेको छ । यसै गरि गत आ.व.को बाँकी मौज्दात ३ करोड, राजश्व आम्दानी १५ लाख, आन्तरिक राजश्व प्रक्षेपण ५२ लाख आय अनुमान गरिएको छ । यसरी संघ, प्रदेश र आन्तरिक आय गरी जम्मा ३३ करोड ३५ लाख १४ हजारको आय अनुमान गरिएको छ ।

गाउँपालिका उपप्रमूख तारा चालागाईले प्रस्तुत गरेको बजेट भाषणमा वित्तीय सामनीकरण चालूत तर्फ ३ करोड ७६ लाख ३६ हजार, वित्तीय सामनीकरण तथा आन्तरिक श्रोत तर्फ १३ करोड ८६ लाख ७५ हजार विनियोजित गरिएको छ । जसमध्ये आर्थिक विकास तर्फ ९२ लाख १० हजार (कूल बजेटको ७ प्रतिशत), सामाजिक विकास तर्फ ५ करोड ७२ लाख ४६ हजार (कूल बजेटको ४१ प्रतिशत), पूर्वाधार विकास तर्फ ४ करोड ६५ लाख ५५ हजार (३४ प्रतिशत), वातावरण तथा विपद व्यवस्थापनत तर्फ १४ लाख (१ प्रतिशत), संस्थागत विकास, सेवा प्रवाह र सुशासन तर्फ ८९ लाख २० हजार (६ प्रतिशत), आन्तरिक श्रोत परिचालन तर्फ १ करोड ५३ लाख ४४ हजार (११ प्रतिशत) विनियोजन गरिएको छ ।

बजेट सार्वजनिक कार्यक्रमममा प्रतिनिसभा सदस्य गंगा बहादुर दोङ, नविना लामा, प्रदेशसभा सदस्य रत्न ढकाल सहितका नेताहरुको पनि सहभागिता रहेको थियो । उनीहरुले बजेट कार्यान्वयनमा समेत जोड दिएका छन् ।

बजेटको पूर्णपाठ

काभ्रेपलाञ्चोक जिल्ला, चौंरीदेउराली गाउँपालिकाको तेस्रो गाउँसभाबाट आर्थिक वर्ष २०७५/०७६ को उपाध्यक्षको तर्फबाट बजेट बक्तव्य

हाम्रो यस चौंरीदेउराली गाउँपालिकाको तेश्रो गाउँ सभामा आफ्नो गरीमामय उपस्थिति जनाउनु हुने प्रमुख अतिथिज्यू, संघीय सभाका माननीय सांसदज्यू, प्रदेश सभाका माननीय सांसदज्यू, गाउँपालिका स्थित राजनैतिक दलका प्रमुख एव्ं प्रतिनिधिज्यूहरु, गाउँपालिका स्थित सरकारी एवं गैर सरकारी कार्यालयका प्रमुख एवं प्रतिनिधिज्यूहरु, सुरक्षा निकायका प्रमुख, तथा प्रतिनिधिज्युहरु, उपाध्यक्षज्यू, वडा अध्यक्षज्यूहरु, कार्यपालिकाका सदस्यज्यूहरु र गाउँसभाका सम्पुर्ण सदस्यज्यूहरु, पत्रकार मित्रहरु, लगायत यो ऐतिहासिक महत्वपूर्ण समारोहमा उपस्थित सम्पूर्ण महानुभावहरु सबैमा न्यानो अभिवादन सहित हार्दिक स्वागत गर्दछु ।

स्थानीय तहको निर्वाचनबाट निर्वाचित यस गाउँपालिकाले निर्वाचित जन प्रतिनिधीहरु आएदेखि अहिले यो तेश्रो गाउँ सभासम्म आइपुग्दा हाम्रो गाउँपालिकाले परिचालन गरेको असाध्यै न्यून आन्तरिक श्रोत र नेपाल सरकारबाट प्राप्त अनुदानबाट यस गाउँपालिकाको वजेट निर्माणको प्रकृयादेखि कार्यान्वयनको तहसम्म आईपुग्दा गत आ.व.को वजेट नीति तथा कार्यक्रम सफलतापुर्वक कार्यान्वयन भएको कुरा यो सभामा राख्न पाउँदा गौरान्वित भएकी छु । विभिन्न कठिनाई र चुनौतिहरुको विचबाट गत वर्षको प्रक्षेपन गरिएको चुनौतीहरुको विचबाट गत वर्षमा प्रक्षेपन गरिएको आन्तरिक श्रोतलाई आ.व. को आन्तिम सम्म आउँदा तिव्रतामा असुली भै गत आ.व.को प्रक्षेपण सफल भएको जानकारी यो सम्मानित सभालाई जानकारी गराउन चाहान्छु । आन्तरिक हिसाबले हेर्दा पर्याप्त श्रोत–साधनको अभाव, भएकाहरुको समेत परिचालन गर्न कठिन भै अपेक्षित भन्दा वढि राजस्व संकलन गर्न सकिएन । वित्तीय समानीकरण तर्फबाट विनीयोजित विकाश बजेट भने सफल कार्यान्वयन भएको छ ।

गतवर्षको अनुभव र हाल परिचालित भएका साधन र श्रोतलाई ठीक ढंगले परिचालन गर्न सकियो भने यस आ.व. मा राजश्व संकलनमा उत्साहपूर्ण सफलता प्राप्त हुने विकास लिएकी छु । आ.व. ०७४÷०७५ को तुलनामा तेब्बर भन्दा वढि राजस्व संकलन गर्ने लक्ष्य राखिएको छ । गत वर्षका राजस्वका दर रेटहरुलाई सामान्य हेरफेर गरेकी छु र साथै धेरै भन्दा धेरै करदाताहरुलाई करको दायरमा ल्याउने लक्ष्य राखिएको छ । साथै एकीकृत सम्पत्ति कर लागू गर्ने निर्णयलाई दृढतापूर्वक कार्यान्वयन गरिने छ ।
अध्यक्ष महोदय,

अब म यस चौंरीदेउराली गाउँपालिकाको आ.व. ०७५/०७६ को अनुमानीत वजेट पेश गर्न गई रहेकी छु । आदरणीय अध्यक्षज्यू, गाउँ सभाका सम्पूर्ण सदस्य ज्यूहरु म यस सम्मानित गाउँ सभामा २०७५ अषाढ ३० गतेका दिन पेश गरेको नीति तथा कार्यक्रमहरु कार्यान्वयनका लागि विनियोजिन र श्रोत व्यवस्थापनको लागि अनुमान पेश गरेको छु । जनताका माग तथा आवश्यकताहरुलाई दृष्टिगत गरी सर्वदलीय सहमतिमा यस आर्थिक बर्षमा समाबिष्ट योजनाहरुको कार्यान्वयनमा सबै राजनीतिक दलहरु, विषयगत कार्यालयहरु, संघ संस्थाहरु र निजी क्षेत्रबाट पूर्ण सहयोग र सक्रियताको अपेक्षा गर्दछु ।

आर्थिक वर्ष २०७५/०७६ का लागि नीति तथा कार्यक्रम कार्यान्वयन गर्न ३३ करोड ३५ लाख १४ हजार विनियोजित गरिएको छ । उक्त रकम तपसील बमोजिमका श्रोतहरुबाट आपूर्ती गरिनेछ । संघीय सरकारबाट प्राप्त हुने वित्तिय समानीकरण ७ करोड ६३ लाख ११ हजार र राजस्व वाँडफाँडबाट प्राप्त हुने ५ करोड ५५ लाख ८८ हजार, संघबाट प्राप्त हुने शशर्त अनुदान तर्फ १२ करोड १८ लाखको आय अनुमान गरिएको छ । यसैगरि प्रदेश सरकारबाट प्राप्त हने वित्तिय समानीकरण तर्फ ७७ लाख १२ हजार र सर्शत अनुदान ३ करोड ५४ लाख ३ हजार रहेको छ । यसै गरि गत आ.व.को बाँकी मौज्दात ३ करोड, राजश्व आम्दानी १५ लाख, आन्तरिक राजश्व प्रक्षेपण ५२ लाख आय अनुमान गरिएको छ । यसरी संघ, प्रदेश र आन्तरिक आय गरी जम्मा ३३ करोड ३५ लाख १४ हजारको आय अनुमान गरिएको छ ।

आदरणीय अध्यक्षज्यू, आदरणीय गाउँसभाका सम्पूर्ण सदस्यज्यूहरु, अब म व्यय तर्फको अनुमान पेश गर्ने अनुमति चाहन्छु । वित्तीय सामनीकरण चालूत तर्फ ३ करोड ७६ लाख ३६ हजार, वित्तीय सामनीकरण तथा आन्तरिक श्रोत तर्फ १३ करोड ८६ लाख ७५ हजार विनियोजित गरिएको छ । जसमध्ये आर्थिक विकास तर्फ ९२ लाख १० हजार (कूल बजेटको ७ प्रतिशत), सामाजिक विकास तर्फ ५ करोड ७२ लाख ४६ हजार (कूल बजेटको ४१ प्रतिशत), पूर्वाधार विकास तर्फ ४ करोड ६५ लाख ५५ हजार (३४ प्रतिशत), वातावरण तथा विपद व्यवस्थापनत तर्फ १४ लाख (१ प्रतिशत), संस्थागत विकास, सेवा प्रवाह र सुशासन तर्फ ८९ लाख २० हजार (६ प्रतिशत), आन्तरिक श्रोत परिचालन तर्फ १ करोड ५३ लाख ४४ हजार (११ प्रतिशत) विनियोजन गरिएको छ ।

यस गाउँपालिकाले योजनाबद्ध विकासको दोश्रो वर्षमा पुगेको यहाँहरु सबैलाई सर्वविदितै छ । पहिलो वर्ष तर्जुमा गरिएका योजनाहरुको कार्यान्वयनवाट भौतिक पूर्वाधार एवं सामाजिक क्षेत्रमा विशेष प्राथमिकता राखिएको थियो । यसै पनि गाउँपालिका स्थापना भएको पहिलो वर्ष मानवीय र भौतिक श्रोत साधनको अभावमा पहिलो वर्षको समय गाउँपालिका र वडा कार्यालयहरुको व्यवस्थापनमा वढी समय खर्चिनुपर्यो । चालु आर्थिक वर्षको प्रथम गाउँ सभाबाट पारित भएका नीति, कार्यक्रम र बजेट कार्यन्वयनको मूल्याङ्कन र समीक्षा गर्दा सन्तोषजनक रहेको छ । प्रथम गाउँ सभाबाट पारित नीति, वजेट तथा कार्यक्रमको कार्यान्वयनको अनुभब र सिकाईबाट गाउँपालिकाको दीगो र सन्तुलित विकासका लागि ठोस र योजनाबद्ध रुपमा अगाडी वढ्ने पृष्ठपोषण प्राप्त भएको छ ।

अन्त्यमा, आदरणयि अध्यक्षज्यू, आदरणीय गाउँ सभाका सम्पूर्ण सदस्यज्यूहरु, धैर्यपूर्वक सुनिदिनु भएकोमा धन्यवाद अर्पण गर्दै प्रस्तुत कार्यक्रम र बजेट पारित गरिदिनु हुनेछ भन्ने विश्वास लिएको छु । धन्यवाद

प्रकाशित मिति : २०७५, ३१ असार आईतबार  ३ : ४८ बजे

जंगलको डढेलो गाउँमा, ७० भन्दा धेरै घरगोठ जले

रुपन्देही: लुम्बिनी प्रदेशका पहाडी जिल्ला अर्घाखाँची, गुल्मी, पाल्पा, प्यूठानका वन

विराटनगरको रानीमा झडप: डिएसपीसहित ७ प्रहरी घाइते

विराटनगर: मोरङ प्रशासनले अर्को सूचना जारी नहुञ्जेल भेला, र्‍याली, सभा

काभ्रेमा अज्ञात समूहले काटिदियो बुद्धचित्तको बोट, तीन करोडमा लागेको थियो ठेक्का

काभ्रे । काभ्रेको रोशी–५ नागबेलीमा रहेको ठकुरानी तामाङको घरमा रहेको

मिडिया काउन्सिल विधेयक पारित गर्ने तयारीमा सरकार

काठमाडौं । सूचना सञ्चार तथा प्रविधिमन्त्री रेखा शर्माले मिडिया काउन्सिल

को कतिबेर सुत्छन्, सबैभन्दा लामो निन्द्रा चिनियाँको !

काठमाडौं । कामको धपेडीले गर्दा राम्ररी निदाउन नपाएर लखतरान परिरहने