२०८१, १६ बैशाख आईतबार

पेट्रोलियम पदार्थको मूल्य नबढाउन मन्त्री यादवको निर्देशन

काठमाडौँ, १२ कात्तिक : उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मात्रिकाप्रसाद यादवले चाडपर्वको अवसरमा पेट्रोलियम पदार्थको मूल्य नबढाउन नेपाल आयल निगमलाई निर्देशन दिनुभएको छ । चाडपर्वको समयमा पेट्रोलियम पदार्थको मूल्य बढ्दा जनताको जीवनस्तर कष्टकर हुने भन्दै उहाँले तिहार र छठसम्म इन्धनको मूल्य नबढाउन निर्देशन दिनुभएको हो । निगमलाई पेट्रोलियम पदार्थको कारोबारमा घाटा भएपनि उपभोक्ताको हितलाई ध्यान दिँदै…