२०८१, ८ बैशाख शनिबार

ताँती लागेर जनप्रतिनिधि विदेश, को कहाँ गए ?

ताँती लागेर जनप्रतिनिधि विदेश, को कहाँ गए ?


काठमाडौं, कार्तिक १२ : कर्मचारी मात्रै होइन, स्थानीय सरकारका अधिकारीहरू पनि जनताको काम थाँती राखेर विदेश भ्रमणमै ताँती लाग्न थालेका छन्। जनप्रतिनिधिलाई सघाउन भन्दै उनीहरूको पछिपछि कर्मचारी पनि लर्को लागेकै छन्। गत वर्ष मात्रै ५ हजार ११ जना कर्मचारी विदेश उडे। पछिल्लो अगस्ट र सेप्टेम्बर महिनामा जनप्रतिनिधिका २३ समूह विभिन्न देशको भ्रमण सकेर फर्के।यो समाचार आजको अन्नपूर्ण दैनिकमा छ ।

अधिकांश जनप्रतिनिधि महत्व नभएका गोष्ठी, सेमिनार र कार्यशालाका लागि विदेश गएका छन्। केही भने विदेशका विभिन्न नगरसँग भगिनी सम्बन्ध राख्न भन्दै विदेश गएका छन्। थुप्रै जनप्रतिनिधि विदेश भ्रमण जाने तयारीमा रहेको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जनाएको छ। स्थानीय तहका जनप्रतिनिधिले विदेश भ्रमणमा जाँदा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयबाट अनिवार्य स्वीकृति लिनु पर्छ।स्थानीय सरकारका पदाधिकारीको विदेश भ्रमण बढेपछि संघीय सरकारले नियन्त्रण गर्न तीन महिनाअघि मात्रै स्थानीय पदाधिकारीको भ्रमणसम्बन्धी कार्यविधि २०७५ जारी गरेको थियो। त्यसअनुसार जनप्रतिनिधि स्थानीय तहको खर्चमा विदेश भ्रमण गर्न नपाउने प्रावधान छ।

जनप्रतिनिधिलाई एनजीओ, आईएनजीओका कार्यक्रममा विदेश जान समेत प्रतिबन्ध लगाइएको छ। तर कतिपय जनप्रतिनिधि लुकिछिपी एनजीओ आइएनजीओको खर्चमा विदेश गइरहेका छन्। कतिपय स्थानीय तहमा प्रमुख, उपप्रमुख र प्रमुख प्रशासकीय अधिकृत तीनै जना स्थानीय तहलाई नै नेतृत्वविहीन बनाएर विदेश गएको पाइएको छ।मन्त्रालयका प्रवक्ता सुरेश अधिकारीले जनप्रतिनिधिको विदेश भ्रमण व्यवस्थित गर्न निर्देशिका जारी गरिएको जनाए। निर्देशिकाअनुसार जनप्रतिनिधिले विदेश जानुपूर्व कार्यक्रमको औचित्य, खर्च व्यहोर्ने निकाय र आवश्यकतासहितको प्रतिवेदन मन्त्रालयमा पेश गर्नुपर्छ।

मन्त्रालयले सोही प्रतिवेदनका आधारमा भ्रमण स्वीकृत तथा अस्वीकृत गर्ने गरेको प्रवक्ता अधिकारीले बताए। प्रवक्ता अधिकारीले जनप्रतिनिधि आफ्नै खर्चमा विदेश जान नपाउने बताए। कतिपय जनप्रतिनिधिले भ्रमण स्वीकृत गर्नका लागि ढाँटेर प्रतिवेदन पेश गर्ने गरेको मन्त्रालय स्रोतले जानकारी दियो।

को कहाँ गए ?
दुई महिना अवधिमा ६ मध्ये ५ महानगरका प्रमुख विदेश उडेर फर्केका छन्। काठमाडौंका मेयर विद्यासुन्दर शाक्यसहित नौ जनाको टोली अमेरिका पुगेर फर्किएको छ। उनीहरूको हवाई खर्च महानगरले नै व्यहोरेको छ। ललितपुरका प्रमुख चिरिबाबु महर्जन पनि मंगोलिया पुगेर फर्केका छन्। पोखराका प्रमुख मानबहादुर जिसीसहित ९ जनाको समूह जापानको भ्रमण सकेर फर्केको छ।

भरतपुरकी प्रमुख रेणु दाहाल चीन र विराटनगरका भीम पराजुली अमेरिका घुमेर फर्किएका छन्। मन्त्रालयका अनुसार यसअघि सबैभन्दा बढी विदेश भ्रमण जानेमा काठमाडौंका मेयर शाक्य र ललितपुरका मेयर महर्जन छन्।

को कहाँ ?
–काठमाडौंका मेयर विद्यासुन्दर शाक्यसहित ७ जना –अमेरिका

–ललितपुरका मेयर चिरिबाबु महर्जन –मंगोलिया,

–विराटनगरका मेयर भीम पराजुली –अमेरिका

–पोखराका मेयर मानबहादुर जिसीसहित ९ पदाधिकारी एवं कर्मचारी–जापान

–महालक्ष्मी नगरपालिकाका मेयर रामेश्वर श्रेष्ठ –अमेरिका

–सूर्योदय नगरपालिकाका मेयर रणबहादुर राई –डेनमार्क

–भरतपुर महानगरका उपसचिव सहदेव भण्डारी –फिलिपिन्स

–भरतपुरकै प्रमुख रेनु दाहाल –चीन

–गल्कोट नगरपालिकाकी उपमेयर रेणुका काउजा –अमेरिका

–रत्ननगर नगरपालिकाका मेयर नारायण वन, वडाअध्यक्ष नारायण आचार्य र प्रमुख प्रशासकीय अधिकृत नवराज ढुंगाना –स्वीजरल्यान्ड

–नेपालगञ्ज उपमहानगरका उपमेयर उमा थापामगर –अमेरिका

–अमरगढी नगरपालिका डडेलधुरा उपमेयर संगीताकुमारी भण्डारी –अमेरिका

–लुम्बिनी सांस्कृतिक नगरपालिकाका मेयर मनमोहन चौधरी, प्रमुख प्रशासकीय अधिकृत मोहन पौडेल –चीन

–तानसेन नगरपालिकाका मेयर अशोककुमार शाही, उपप्रमुख लक्ष्मीदेवी पाठकलगायत ६ जना –चीन

–धरान उपमहानगरपालिका योजना अधिकृत नन्दकिशोर अधिकारी –भारत

–पोखराका उपमेयर मञ्जुदेवी गुरुङलगायत २ जना –जापान

–काठमाडौं महानगरका उपनिर्देशक हरिकुमार श्रेष्ठ –जोडर्न

–रामग्राम नगरपालिका मेयर नरेन्द्रकुमार गुप्ता, प्रमुख प्रशासकीय अधिकृत दिनेशराज पन्त –चीन

–धुलिखेल नगरपालिका प्रमुख प्रशासकीय अधिकृत महेश बराल –नेदरल्यान्ड

–लुम्बिनी सांस्कृतिक नगरपालिका अधिकृत विष्णुप्रसाद ढुंगाना –चीनको ल्हासा

–धुलिखेल नगरपालिका मेयर अशोककुमार व्यञ्जु –दक्षिण कोरिया

–वीरेन्द्रनगर नगरपालिकाका मेयर देवकुमार सुवेदीसहित ३ जना –जाम्विया

–जिरी नगरपालिकाका मेयर टंकप्रसाद जिरेल र उपमेयर कृष्णमाया बुढाथोकी र प्रशासकीय अधिकृत चक्रपाणि शर्मा –चीन

प्रकाशित मिति : २०७५, १२ कार्तिक सोमबार  ६ : ३७ बजे

विराटनगरको रानीमा झडप: डिएसपीसहित ७ प्रहरी घाइते

विराटनगर: मोरङ प्रशासनले अर्को सूचना जारी नहुञ्जेल भेला, र्‍याली, सभा

काभ्रेमा अज्ञात समूहले काटिदियो बुद्धचित्तको बोट, तीन करोडमा लागेको थियो ठेक्का

काभ्रे । काभ्रेको रोशी–५ नागबेलीमा रहेको ठकुरानी तामाङको घरमा रहेको

मिडिया काउन्सिल विधेयक पारित गर्ने तयारीमा सरकार

काठमाडौं । सूचना सञ्चार तथा प्रविधिमन्त्री रेखा शर्माले मिडिया काउन्सिल

को कतिबेर सुत्छन्, सबैभन्दा लामो निन्द्रा चिनियाँको !

काठमाडौं । कामको धपेडीले गर्दा राम्ररी निदाउन नपाएर लखतरान परिरहने

कर्णाली प्रदेशको मुख्यमन्त्रीमा एमाले नेता यमलाल कँडेल नियुक्त

सुर्खेत । कर्णाली प्रदेशको मुख्यमन्त्रीमा नेकपा एमाले संसदीय दलका नेता