२०८१, १० बैशाख सोमबार

अस्पतालमा राजनीति नगर्न मुख्यमन्त्री शाहीको आग्रह

सुर्खेत, १३ कात्तिक: कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले अस्पतालजस्तो संवेदनशील क्षेत्रमा राजनीति नगर्न स्वास्थ्यकर्मीलाई आग्रह गर्नुभएको छ । वीरेन्द्रनगरस्थित मध्यपश्चिमाञ्चल क्षेत्रीय अस्पताललाई प्रदेश अस्पतालका रुपमा रुपान्तरण गर्न आज आयोजित कार्यक्रममा उहाँले सेतो कोट लगाएर मात्र अस्पतालमा प्रवेश गर्न पनि स्वास्थ्यकर्मीलाई आग्रह गर्नुभयो । मुख्यमन्त्री शाहीले उक्त अस्पतालमा जनशक्तिदेखि उपकरणसम्म व्यवस्थापन गर्न प्रदेश सरकार दत्तचित्त भएर…