२०८१, ११ श्रावण शुक्रबार

प्रजातन्त्र प्राप्तिको आन्दोलनमा ठकुरानीको योगदान महत्वपूर्ण

प्रजातन्त्र प्राप्तिको आन्दोलनमा ठकुरानीको योगदान महत्वपूर्ण


काठमाडौँ, १२ कात्तिक : नेपालको पहिलो महिलामन्त्री द्वारिकादेवी ठकुरानीले सामाजिक न्याय, समानता र प्रजातन्त्र प्राप्तिको आन्दोलनमा महत्वपूर्ण योगदान पु¥याएको छ । नेपाली काङ्गे्रसका नेतृसमेत रहनुभएकी ठकुरानी २०१६ साल जेठ १६ मा गठन भएको बिपी कोइरालाको मन्त्रिमण्डलमा तत्कालिन स्वास्थ्य तथा स्थानीय स्वायत्त सहायकमन्त्री हुनुभएको थियो ।

काङ्ग्रेसका केन्द्रीय सदस्य डा डिला संग्रौलाले भन्नुभयो, “ठकुरानी नेपाली महिला आन्दोलनका मात्र नभई सिङ्गो लोकतान्त्रिक आन्दोलनको नेतृत्व गर्नुभएको व्यक्तिलाई काङ्ग्रेसले बिर्सिएकै हो, उहाँको स्मरण गर्न सक्नुपर्छ ।” नेपालको निकै दुर्गम क्षेत्रबाट राजनीतिक जीवन शुरु गरेर लोकतान्त्रिक आन्दोलनलालाई अगुवाई गर्नुभएकी नेतृ ठकुरानी नेपाल महिला सङ्घकी पूर्वअध्यक्षसमेत रहेकी संग्रौलाले बताउनुभयो । महिला सङ्घले उहाँको स्मृतिमा कृति निकाल्ने काम गरेको पनि उहाँले जानकारी दिनुभयो ।

“नेपालको परम्परागत कुरिती, कुसंस्कारप्रति विद्रोह गर्दै सामाजिक आन्दोलनमा महत्वपूर्ण योगदान पु¥याउनुभएकी नेतृ ठकुरानीको पार्टीले कुनैपनि हालतमा बिर्सनुहुदैन”, नेपाल विद्यार्थी सङ्घका नेता मोतीलाल भण्डारीले भन्नुभयो, “सामाजिक न्याय, समानता र प्रजातन्त्र प्राप्तिको आन्दोलनमा उहाँले पु¥याउनु भएको उल्लेखनीय योगदानको पार्टीले स्मरण गर्नैपर्छ ।”

नेतृ ठकुरानी २००३ सालमा नेता बिपी कोइरालाबाट नेपाली काङ्ग्रेस पार्टीको सदस्यता लिएर क्रियाशील रुपमा राजनीतिमा प्रवेश गर्नुभएको थियो । विसं २०१५ को आम चुनावमा काङ्ग्रेसका तर्फबाट सुदुरपश्चिम क्षेत्र नम्बर ६६ बाट अत्याधिक मतले विजयी भएपछि ठकुरानी सहायकमन्त्री बन्नुभएको थियो । ठकुरानीले आफूमन्त्री हुँदा नेपाल परिवार नियोजन सङ्घको स्थापना गर्नुभएको थियो भने प्रसुती अस्पताल सञ्चालनका लागि पहल गर्नुभएको थियो । उहाँले महिला सशक्तीकरणका लागि महत्वपूर्ण काम पनि गर्नुभएको थियो ।

नेतृ ठकुरानीको १०४ औँ जन्मदिवसको उपलक्ष्यमा आज क्रियाशील पत्रकार महिलाले आयोजना गरेको अन्तरक्रियामा द्वारिकादेवी ठकुरानी स्मृति प्रतिष्ठानका अध्यक्ष सुरेन्द्रबहादुर चन्दले नेपाली राजनीतिको इतिहासलाई काङ्ग्रेसले बिर्सिएकोप्रति गुनासो गर्नुभयो । बामदेव पन्त र राधिका पन्तको सन्तानका रुपमा विसं १९७२ कात्तिक १२ गते डोटी जिल्लामा जन्मनुभएकी ठकुरानीले नेपाली काङ्ग्रेस पार्टी र सामाजिक आन्दोलनमा बाँचुन्जेलसम्म योगदान गर्नुभएको थियो ।

डडेलधुरा चौकुने केश्वरपुरका उद्दपबहादुर चन्दसँग १९९२ सालमा विवाह भएको ठकुरानीको निडर र साहसी स्वभावको हुनुहुन्थ्यो । सुदुरपश्चिमाञ्चलमा कुनै विद्यालय नभएको अवस्थामा उहाँले २००४ सालमा मणिलेक माध्यमिक विद्यालय स्थापना गर्नुभएको थियो । विद्यालय स्थापना लागि उहाँले भारतबाट चन्दा संकलन गरेर ल्याउनुभएको थियो । शिक्षा र विकासप्रति देखाएको सक्रियताका कारण पछि उहाँलाई चुनाव जित्न निकै सहज भएको बताइएको छ ।

नेपालमा प्रजातन्त्र स्थापनाका लागि २००७ सालमा भएको आन्दोलनका क्रममा ठकुरानीले ४० दिन जेल जीवन बिताउनुभएको थियो । २०३७ सालको जनमत सङ्ग्रहमा ठकुरानी दुई हजार मतले पराजित हुनुभएको थियो । सक्रिय राजनीतिमा रहेकी ठकुरानीलाई पार्टीले २०४८ सालमा टिकट दिइएन । प्रतिष्ठानका अध्यक्ष चन्दका अनुसार पार्टी केन्द्रीय कमिटीको बैठकले २०१५ सालमा टिकट पाएका सबैले चुनाव लड्न टिकट पाउने निर्णय गरेको थियो । तर ठकुरानीलाई टिकट दिइएन । नेपाली काङ्ग्रेसप्रति इमान्दार नेतृ ठकुरानीको २०५९ साल मङ्सिर २४ गते हृदयघातबाट मृत्यु भएको थियो ।

निर्णय कार्यान्वयन भएन
नेपाली काङ्ग्रेसका तत्कालिन सभापति गिरिजाप्रसाद कोइरालाले काङ्ग्रेस नेतृ द्वारिकादेवी ठकुरानीको योगदानको स्मरण गर्दै २०६६ सालमा द्वारिकादेवी ठकुरानी मेडिकल कलेज खोल्ने घोषणा गर्नुभएको थियो ।

त्यसपछि, प्रधानमन्त्री सुशील कोइराला हुँदा २०७२ साल असोज १४ गतेको मन्त्रिपरिषद्को बैठकले सुदुरपश्चिम विश्वविद्यालयको नाम द्वारिकादेवी ठकुरानी मेडिकल कलेज राख्ने निर्णय ग¥यो । तर त्यो पनि अहिलेसम्म कार्यान्वयन हुन सकेको छैन् ।

ठकुरानी प्रतिष्ठानको स्थापना
नेतृ ठकुरानीको योगदानको स्मृतिमा २०६३ साल कात्तिक १२ गते महेन्द्रनगरमा द्वारिकादेवी ठकुरानी स्मृति प्रतिष्ठानको स्थापना गरियो । अध्यक्ष चन्द ठकुरानीका भतिज हुनुहुन्छ । आगामी दिनमा प्रतिष्ठानले ठकुरानीको नाममा गरिब तथा जेहेन्दार विद्यार्थीका लागि छात्रवृति प्रदान गर्ने तयारी गरिहरेको अध्यक्ष चन्दले बताउनुभयो ।

प्रकाशित मिति : २०७५, १२ कार्तिक सोमबार  ७ : १३ बजे

त्रिभुवन विमानस्थलमा सौर्य एयरको जहाज दुर्घटना १८ जना मृत्यु, क्याप्टेन घाइते

काठमाडौं । काठमाडौमा सौर्य एयरलाइन्सको जहाज दुर्घटना हुँदा १८ जनाको

संसदमा प्रधानमन्त्रीको सम्बोधन : यी हुन् सरकारका पाँच प्राथमिकता

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले २०४६ सालपछिको पुस्ता पहिलो

विश्वेश्वरप्रसाद कोइराला दूरदृष्टिवाला नेता हुनुहुन्थ्यो : प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली राजनीति तथा परिवर्तनको

महान्यायाधिवक्तामा रमेश बडाल नियुक्त

काठमाडौं । वरिष्ठ अधिवक्ता रमेश बडाल महान्यायाधिवक्तामा नियुक्त भएका छन्

ओली सरकारको पहिलो निर्णय : तीन सय दिनमा सुविधासम्पन्न कीर्तिपुर क्रिकेट मैदान

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले त्रिभुवन विश्वविद्यालय