२०८१, २४ बैशाख सोमबार

संस्कृति संरक्षण नभए देश खतरामा : सभामुख महरा

दमौली, ३० कात्तिक :सभामुख कृष्णबहादुर महराले संस्कृति संरक्षण नभए देश खतरामा पर्ने बताउनुभएको छ । नेपाल आदिवासी जनजाति महासङ्घ तनहुँको आयोजनामा आजदेखि दमौलीमा शुरु तेस्रो जनजाति सांस्कृतिक तथा पर्यटन महोत्सवको उद्घाटन गर्दै सभामुख महराले संस्कृति इतिहाससँग जोडिएको र यसको संरक्षण हुनुपर्नेमा जोड दिनुभयो । महराले संस्कृति ठूलो कुरा रहेको चर्चा गर्नुहुँदै यो राष्ट्रियतासँग पनि जोडिने…