२०८१, ६ बैशाख बिहीबार

१२ देशका श्रममन्त्री नेपालमा

१२ देशका श्रममन्त्री नेपालमा


काठमाडौं, कात्तिक ३० : वैदेशिक रोजगारीमा कामदार पठाउने विभिन्न १२ देशका श्रममन्त्री नेपाल आएका छन्। श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको आयोजनामा बिहीबारदेखि काठमाडौंमा सुरु भएको संयुक्त बैठक (कोलम्बो प्रोसेस)मा मन्त्रीहरू नेपाल आएका हुन्।

कार्यक्रममा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टले कोलोम्बो प्रोसेसले कामदार पठाउने र रोजगारदाता देश दुवैलाई फाइदा पुग्ने बताए। प्रवासी मजदुरको अधिकार सुनिश्चित गर्न लाग्नुपर्ने उनले बताए। श्रम क्षेत्रका चुनौती सम्बोधन गर्न सामूहिक प्रयासबाट अझ धेरै अवसर प्राप्त गर्ने मन्त्री विष्टले जानकारी दिए। आईओएमले कोलोम्बो प्रक्रियाले ठोस योजना बनाउने विश्वास व्यक्त गरेको छ। ‘कोलोम्बो प्रोसेसले आप्रवासन व्यवस्थापनमा सघाउ पुग्ने आईओएमले जनाएको छ। शुक्रबार मन्त्रीस्तरको बैठक हुनेछ। बैठकको नेपालले अध्यक्षता गरेको छ।

मन्त्रीस्तरीय बैठकको उद्घाटन प्रधानमन्त्री केपी ओलीले गर्नेछन्। बैठकमा कामदारको हकहितका विषयमा छलफल हुनेछ। कामदार आपूर्ति गर्ने देशबीच कामदारको हकहितका लागि साझा एजेन्डा बनाउन छलफल हुनेछ। कोलम्बो प्रोसेसको बैठकले आप्रवासी कामदारको आर्थिक, सामाजिक सुरक्षा, आधारभूत अधिकार प्रत्याभूत र आपसी सहकार्य गर्न महत्र्वपूर्ण भूमिका खेल्ने मन्त्रालयले जनाएको छ।

बैठकमा नेपाल, इन्डोनेसिया, भारत, बंगलादेश, पाकिस्तान, फिलिपिन्स, भियतनाम, श्रीलंका, अफगानिस्तान, कम्बोडिया, थाइल्यान्ड र चीनका श्रममन्त्री र उच्च सरकारी अधिकृत सहभागी भएका छन्। यी १२ देशबाट वार्षिक २५ लाखभन्दा बढी कामदार खाडी तथा मलेसियामा रोजगारी गर्न जान्छन्। यो समचार आजको अन्नपुर्ण पोष्टमा छ l

प्रकाशित मिति : २०७५, ३० कार्तिक शुक्रबार  ७ : १७ बजे

विराटनगरको रानीमा झडप: डिएसपीसहित ७ प्रहरी घाइते

विराटनगर: मोरङ प्रशासनले अर्को सूचना जारी नहुञ्जेल भेला, र्‍याली, सभा

काभ्रेमा अज्ञात समूहले काटिदियो बुद्धचित्तको बोट, तीन करोडमा लागेको थियो ठेक्का

काभ्रे । काभ्रेको रोशी–५ नागबेलीमा रहेको ठकुरानी तामाङको घरमा रहेको

मिडिया काउन्सिल विधेयक पारित गर्ने तयारीमा सरकार

काठमाडौं । सूचना सञ्चार तथा प्रविधिमन्त्री रेखा शर्माले मिडिया काउन्सिल

को कतिबेर सुत्छन्, सबैभन्दा लामो निन्द्रा चिनियाँको !

काठमाडौं । कामको धपेडीले गर्दा राम्ररी निदाउन नपाएर लखतरान परिरहने

कर्णाली प्रदेशको मुख्यमन्त्रीमा एमाले नेता यमलाल कँडेल नियुक्त

सुर्खेत । कर्णाली प्रदेशको मुख्यमन्त्रीमा नेकपा एमाले संसदीय दलका नेता