२०८१, १२ श्रावण शनिबार

संस्कृति संरक्षण नभए देश खतरामा : सभामुख महरा

संस्कृति संरक्षण नभए देश खतरामा : सभामुख महरा


दमौली, ३० कात्तिक :सभामुख कृष्णबहादुर महराले संस्कृति संरक्षण नभए देश खतरामा पर्ने बताउनुभएको छ । नेपाल आदिवासी जनजाति महासङ्घ तनहुँको आयोजनामा आजदेखि दमौलीमा शुरु तेस्रो जनजाति सांस्कृतिक तथा पर्यटन महोत्सवको उद्घाटन गर्दै सभामुख महराले संस्कृति इतिहाससँग जोडिएको र यसको संरक्षण हुनुपर्नेमा जोड दिनुभयो ।

महराले संस्कृति ठूलो कुरा रहेको चर्चा गर्नुहुँदै यो राष्ट्रियतासँग पनि जोडिने बताउनुभयो । उहाँले भन्नुभयो, “संस्कृतिको संरक्षण र सम्बद्र्धन गर्नु सबैको कर्तव्य हो ।” महराले नेपालको संस्कृतिको प्रचारप्रसार गरी अन्तर्राष्ट्रिय स्तरम्म पु¥याउनुपर्नेमा जोड दिँदै संस्कृतिको पहिचान र प्रसार गर्न नसके लोप हुने खतरा रहेको औँल्याउनुभयो ।

कानून निर्माणमा तीव्रता दिइने छ
सभामुख महराले देश अहिले संविधान कार्यान्वयनको चरणमा रहेकाले केही कानून निर्माणमा ढिलाइ भएको बताउनुभयो । छिटोभन्दा छिटो विधेयक ल्याउन सरकारलाई आग्रह गर्दै सभामुख महराले आवश्यक कानून निर्माणमा संसद्ले तीव्रता दिने बताउनुभयो ।

देशमा तीन तहको सरकारबीच अधिकार बाँडफाँटमा अन्तरविरोध रहेको चर्चा गर्दै सभामुख महराले यसको समाधान हुन केही वर्ष लाग्न सक्ने बताउनुभयो । उहाँले भन्नुभयो, “देशमा पहिलोपटक सङ्घीयता लागू भएको छ । स्रोत र अधिकारको विषयमा भएको विरोध समाधान हुन केही वर्ष लाग्न सक्छ ।” सांसद केदार सिग्देल र कृष्णकुमार श्रेष्ठ, प्रदेशसभा सदस्य डोवाटे विक, व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपानेलगायतले पनि मन्तव्य व्यक्त गर्नुभएको थियो ।

‘अमूल्य भाषा, संस्कृतिको संरक्षण गरौँ, भाषा, संस्कृतिको जगेर्ना गर्दै पर्यटनको विकास गरौँ’ भन्ने मूल नारासहित शुरु भएको महोत्सव मङ्सिर १० गतेसम्म सञ्चालन हुनेछ । स्थानीय भाषा, धर्म, कला र संस्कृतिको प्रवद्र्धनका साथै स्वदेशी तथा विदेशी पर्यटकलाई आकर्षित गर्ने, लोक संस्कृतिको संरक्षण, प्रवद्र्धन गर्ने उद्देश्यसहित महोत्सव आयोजना गरिएको मूल संयोजक वसुन्धरा घर्तीले जानकारी दिनुभयो ।

महोत्सवको नाफाबाट महासङ्घको निर्माणाधीन भवन सम्पन्न गर्ने र आदिवासी जनजाति सांस्कृतिक सङ्ग्रहालय निर्माण गर्ने लक्ष्य राखिएको छ । महासङ्घले गत वर्षको महोत्सवको नाफाबाट व्यास–१ करङकाठमा कार्यालय भवन निर्माण गरिरहेको छ । महासङ्घले व्यास–१२ कमलाबारीमा सांस्कृतिक सङ्ग्रहालय निर्माणका लागि जग्गासमेत खरीद गरिसकेको छ ।
-रासस

प्रकाशित मिति : २०७५, ३० कार्तिक शुक्रबार  ६ : ०६ बजे

सरकार जनतामा आशा जगाउन चाहन्छ : सञ्चारमन्त्री गुरुङ

काठमाडौं । सूचना तथा सञ्चार प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले नीजि क्षेत्रको

त्रिभुवन विमानस्थलमा सौर्य एयरको जहाज दुर्घटना १८ जना मृत्यु, क्याप्टेन घाइते

काठमाडौं । काठमाडौमा सौर्य एयरलाइन्सको जहाज दुर्घटना हुँदा १८ जनाको

संसदमा प्रधानमन्त्रीको सम्बोधन : यी हुन् सरकारका पाँच प्राथमिकता

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले २०४६ सालपछिको पुस्ता पहिलो

विश्वेश्वरप्रसाद कोइराला दूरदृष्टिवाला नेता हुनुहुन्थ्यो : प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली राजनीति तथा परिवर्तनको

महान्यायाधिवक्तामा रमेश बडाल नियुक्त

काठमाडौं । वरिष्ठ अधिवक्ता रमेश बडाल महान्यायाधिवक्तामा नियुक्त भएका छन्