२०८१, २३ बैशाख आईतबार

गृहमन्त्री लामिछानेको चुनौति अब कामले जबाफ दिने

काठमाडौं । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले नेपाली कांग्रेसले चार वर्ष सदन अवरूद्ध गरोस् भन्ने प्रतिक्रिया दिएका छन् । आज संघीय संसद भवन नयाँ बानेश्वरमा पत्रकारहरूसँग कुराकानी गर्दै लामिछानेले आफूहरूले कामले जबाफ दिने बताए । ‘एउटा ठाडो उजुरीमा संसद नै अवरूद्ध गर्ने, समिति नै बनाउने, राजीनामा नै माग्ने हो भने यसमा अडिरहन म साथीहरूलाई भन्न…