२०८१, १० बैशाख सोमबार

काभ्रेका भूकम्पपीडित तालिम लिएका साथीसँग सिक्दै, भूकम्पप्रतिरोधात्मक घर बनाउँदैँ

काभ्रे/काभ्रेपलाञ्चोक जिल्लाको बेथानचोक गाउँपालिका वडा नम्बर च्यासिङ ५ च्याल्टीका राम बहादुर लामाले डकर्मी काम गर्दै आएको २७ बर्ष पुग्यो । ६१ बर्षीय लामाले भूकम्पअघि गाउँमा थुप्रैका घर बनाए । घर बनाउने पेसामै लागेर सेतै कपाल फुलाइसकेका लामा भूकम्पपछि पनि गाउँमा नयाँ घर बनाउने काम गरिरहेका छन् । च्याल्टीकै दिल बहादुर वाइबाको घर बनाउँदै गर्दा भेटिएका…