२०८१, ५ जेष्ठ शनिबार

सरकारको सिफारिसमा मधेश, गण्डकी र सुदूरपश्चिमका प्रदेश प्रमुखहरू पदमुक्त

सरकारको सिफारिसमा मधेश, गण्डकी र सुदूरपश्चिमका प्रदेश प्रमुखहरू पदमुक्त


काठमाडौं । तीन प्रदेशका प्रदेश प्रमुखलाई पदमुक्त गरिएको छ । आज राष्ट्रपति रामचन्द्र पौडेलले उनीहरूलाई पदमुक्त गरेका हुन् । पदमुक्त हुनेमा मधेस प्रदेशका प्रदेश प्रमुख हरिशंकर मिश्र, गण्डकी प्रदेशका पृथ्वीमान गुरुङ र सुदूरपश्चिम प्रदेशका देवराज जोशी छन् । सरकारको सिफारिसमा उनीहरूलाई पदमुक्त गरिएको हो ।

‘सम्माननीय राष्ट्रपति श्री रामचन्द्र पौडेलज् यूले नेपाल सरकार, मन्त्रिपरिषद्को सम्वत् २०८० फागुन २८ गतेको बैठकको निर्णय एवम् सिफारिसमा नेपालको संविधानको धारा १६५ को उपधारा १ को खण्ड ख बमोजिम देहायका प्रदेशका प्रदेश प्रमुखहरूलाई पदमुक्त गर्नुभएको छ, राष्ट्रपतिको कार्यालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।’ सरकारले ती प्रदेश प्रमुखलाई पदमुक्त र उनीहरूका स्थानमा अरू व्यक्तिको नाम सिफारिस गरेको थियो ।

प्रकाशित मिति : २०८०, ३० फाल्गुन बुधबार  ८ : ०४ बजे

कोशी प्रदेशमा मुख्यमन्त्री कार्कीले पाए विश्वासको मत

काठमाडौं । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेशसभाबाट सोमबार विश्वासको

आफ्ना छोराछोरीलाई सामुदायिक विद्यालयमा नपढाउने शिक्षकलाई कारबाही हुन्छ: नगरप्रमुख पोखरेल

सिन्धुली: कमलामाई नगरपालिकाका नगरप्रमुख उपेन्द्रकुमार पोखरेलले सरकारी तलवभत्ता खाएर आफ्ना

जंगलको डढेलो गाउँमा, ७० भन्दा धेरै घरगोठ जले

रुपन्देही: लुम्बिनी प्रदेशका पहाडी जिल्ला अर्घाखाँची, गुल्मी, पाल्पा, प्यूठानका वन

विराटनगरको रानीमा झडप: डिएसपीसहित ७ प्रहरी घाइते

विराटनगर: मोरङ प्रशासनले अर्को सूचना जारी नहुञ्जेल भेला, र्‍याली, सभा

काभ्रेमा अज्ञात समूहले काटिदियो बुद्धचित्तको बोट, तीन करोडमा लागेको थियो ठेक्का

काभ्रे । काभ्रेको रोशी–५ नागबेलीमा रहेको ठकुरानी तामाङको घरमा रहेको