२०८१, १३ बैशाख बिहीबार

केपी ओलीको सपना पुरा, काभ्रे तुइन मुक्त जिल्ला

केपी ओलीको सपना पुरा, काभ्रे तुइन मुक्त जिल्ला


नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री भए लगत्तै देशभरका तुइन हटाउने निर्णय काभ्रे जिल्लामा पुरा भएको छ । तुईनको ठाउँमा झोलुङ्गे पुल निर्माण भएपछि पुरा जिल्ला नै तुइन बिहिन बनेको छ । जिल्लाको बोल्देफेदिचे र बिर्तादेउराली गाविस जोड्ने सुनकोशी नदी माथिको तुइन समेत प्रयोगमा नआएपछि जिल्ला तुइन बिहिन बनेको हो । खोला र नदीमा राखिएका तुईनको ठाउँमा अहिले झोलुङ्गे पुल निर्माणको काम शुरु भएको जिसस काभ्रेको झोलुङ्गे पुल निर्माण शाखाले जनाएको छ । जिल्ला समन्वय र विभिन्न गैरसरकारी संघसंस्थाको आर्थिक सहयोगमा पुल निर्माण भएका हुन् ।

ज्याम्दी गाविस स्थित इन्द्रावतीनदी र चौरीखोलाको तुईन यसअघि नै झोलुङ्गे पुलले विस्तावित गरिसकेको छ । झोलुङ्गे पुल बनेसगैँ तुइनमा जोखिम पूर्ण यात्रा गर्नुपर्ने स्थानीयहरुको बाध्यता टरेको छ । “कुनै पनि नदी तथा खोलामा रहेका तुइन सञ्चालनमा छैनन्, शाखाका सब–इन्जिनियर रुपेन्द्र अधिकारीले भने “नयाँ बन्नुपर्ने ठाउँका पुलको समेत सर्भेको सबै काम सकिएको छ ।” चालु आर्थिक वर्षमा क्रमागत योजना अन्तर्गत ७ वटा पुल निर्माणको काम चलिरहेको छ । तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीले दुई वर्षभित्र देशभरबाट तुइन मुक्त गर्ने घोषणा गर्नुभएको थियो ।

शाखाले झण्डै तीन महिना लगाएर जिल्लाका सबै झोलुङ्गे पुलहरुको अवस्थाको विस्तृत अध्ययन समेत पूरा गरेको छ । अध्ययन अनुसार जिल्लामा ११० वटा झोलुङ्गे पुल निर्माण भइसकेका छन् । जसमा १८ वटा झोलुङ्गे पुल तत्काल मर्मत गर्नुपर्ने अवस्थामा पुगेका छन् । त्यस्तै २५ वटा पनि मर्मतको सुचिमा परेको शाखाले जनाएको छ । जिल्लामा सस्पेनडेड ‘डी’ र सस्पेन सन ‘एन’ आकारका झोलुङ्गे पुलको संख्या अत्याधिक रहेको छ । एलएसटिवि मोडलमा पनि पुल बनेका छन् । सबैभन्दा बढी रोशीखोलामा २२ वटा झोलुङ्गे पुल निर्माण भएका छन् । जिल्लामा अहिलेसम्म धेरै ७ वटा झोलुङ्गे पुल पनौती नगरपालिकामा निर्माण भएको छ । त्यस्तै बुढाखानी गाविसमा ६ वटा झोलुङ्गे पुल निर्माण भएको शाखाका सव–इन्जिनियर अधिकारीले बताए ।

काभ्रे–सिन्धुलीको पोखाजोर, काभ्रे–रामेछापको चौरीखोला, सुनकोशी नदी, वाग्मती, डाँडापारीको खरनी खोला, कोइली खोला, बनखु खोला, पुण्यमाता, वाफल खोला, लड्कु खोला, आँसी खोला, ठाडेखोला, अंधेरी दोभान, झिगु खोला, आँकुरा खोला, पार्वती खोला, डाँफे खोला, खहरेघाट, चा खोला, च्याउची खोला, चरङ्गे लगायतका खोलामा झोलुङ्गे पुल निर्माण भएका छन् । प्रतिमिटर ३० देखि ३५ हजार सम्म खर्च हुने एउटा झोलुङ्गे पुल निर्माण हुन एकदेखि ३ वर्षसम्म लाग्ने गरेको प्रविधिकहरु बताउँछन् । जिल्लामा निर्माण भएका मध्ये शिखर अम्बोटे गाविस–९ र खनालथोक गाविस–९ जोड्ने सियाले झोलुङ्गे पुल महिलाको नेतृत्वमा निर्माण पूरा भएको हो ।

प्रकाशित मिति : २०७४, १२ कार्तिक आईतबार  १२ : ११ बजे

जंगलको डढेलो गाउँमा, ७० भन्दा धेरै घरगोठ जले

रुपन्देही: लुम्बिनी प्रदेशका पहाडी जिल्ला अर्घाखाँची, गुल्मी, पाल्पा, प्यूठानका वन

विराटनगरको रानीमा झडप: डिएसपीसहित ७ प्रहरी घाइते

विराटनगर: मोरङ प्रशासनले अर्को सूचना जारी नहुञ्जेल भेला, र्‍याली, सभा

काभ्रेमा अज्ञात समूहले काटिदियो बुद्धचित्तको बोट, तीन करोडमा लागेको थियो ठेक्का

काभ्रे । काभ्रेको रोशी–५ नागबेलीमा रहेको ठकुरानी तामाङको घरमा रहेको

मिडिया काउन्सिल विधेयक पारित गर्ने तयारीमा सरकार

काठमाडौं । सूचना सञ्चार तथा प्रविधिमन्त्री रेखा शर्माले मिडिया काउन्सिल

को कतिबेर सुत्छन्, सबैभन्दा लामो निन्द्रा चिनियाँको !

काठमाडौं । कामको धपेडीले गर्दा राम्ररी निदाउन नपाएर लखतरान परिरहने