२०८१, १० बैशाख सोमबार

चितुवाको छालासहित तीन जना पक्राउ

काठमाडौँ, ५ असोज : नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले अवैधरुपमा वन्यजन्तुको छाला (आखेटोपहार)सहित तीनलाई पक्राउ गरी आज सार्वजनिक गरेको छ । पक्राउपर्नेमा सिन्धुपाल्चोक चौतारा साँगाचोकगढी नगरपालिकाका शेलबहादुर तामाङ, धादिङ बेनीघाट रोराङ गाउँपालिकाका बुद्धिमान तामाङ र कास्की पोखरा लेखनाथ महानगरपालिका शालिकराम सुवेदी रहेको ब्यूरोका प्रहरी उपरीक्षक सानुराम भट्टराईले जानकारी दिनुभयो । उनीहरुलाई काठमाडाँै महानगरपालिका बौद्ध सिद्धार्थमार्गबाट…