२०८१, २ जेष्ठ बुधबार

विद्युतीय चुरोटमा सुन तस्करी प्रकरण : राहुल महरासहित ४ जनाविरुद्ध मुद्दा दायर

विद्युतीय चुरोटमा सुन तस्करी प्रकरण : राहुल महरासहित ४ जनाविरुद्ध मुद्दा दायर


काठमाण्डौ । विद्युतीय चुरोट (भेप) मा लुकाएर गरेको सुन तस्करी प्रकरणमा नेकपा माओवादी केन्द्रका नेता कृष्णबहादुर महराका छोरा राहुल महरासहित चार जनाविरुद्ध मुद्दा दर्ता भएको छ ।

आज बुधवार काठमाण्डौ जिल्ला अदालतमा महरासहित चार जनाविरुद्ध मुद्दा दर्ता भएको हो । जिल्ला सरकारी वकिल कार्यालय काठमाण्डौले महरासहित, लोकेन्द्रकुमार पौडेल, बेल्जियम घर भई अहिले काठमाण्डौ बस्ने दावा छिरिङ र काठमाण्डौका निमा गुरुङलाई प्रतिवादी बनाएको छ । प्रतिवादीमध्ये निमा फरार छन् ।

सरकारी विकल कार्यालयले उनीहरूविरुद्ध आपराधिक विश्वासघात, भन्सार चौरी पैठारी तथा सङ्गठित अपराधसम्बन्धी कसुरमा मुद्दा दर्ता गरेको हो । उनीहरूसँग आठ करोड ५५ लाख २८ हजार तीन सय ७४ रुपैयाँ बिगो मागदाबी गरिएको छ ।

२०७९ सालको पुस १० गते दुबईबाट भेपमा लुकाएर ल्याएको नौ किलो ११ ग्राम पाँच सय २४ मिलिग्राम सुन भेटिएको थियो । त्यही सुन भन्सारबाटै चोरी भएर सीआईबीले अनुसन्धान गरी गएको असार २७ मुद्दा दायर भए पनि सुन ल्याउने समूहमाथि अनुसन्धान भएको थिएन । सुन भन्सारमा रहेको बेला छुटाउन दबाब दिएको आरोप पूर्वसभामुख महराका बाबुछोरामाथि लागेको छ । यो प्रकरणमा पूर्वसभामुख महरालाई प्रहरीले बयान कागज गराएर छाडेको छ ।

प्रकाशित मिति : २०८०, २४ आश्विन बुधबार  २ : ०१ बजे

कोशी प्रदेशमा मुख्यमन्त्री कार्कीले पाए विश्वासको मत

काठमाडौं । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेशसभाबाट सोमबार विश्वासको

आफ्ना छोराछोरीलाई सामुदायिक विद्यालयमा नपढाउने शिक्षकलाई कारबाही हुन्छ: नगरप्रमुख पोखरेल

सिन्धुली: कमलामाई नगरपालिकाका नगरप्रमुख उपेन्द्रकुमार पोखरेलले सरकारी तलवभत्ता खाएर आफ्ना

जंगलको डढेलो गाउँमा, ७० भन्दा धेरै घरगोठ जले

रुपन्देही: लुम्बिनी प्रदेशका पहाडी जिल्ला अर्घाखाँची, गुल्मी, पाल्पा, प्यूठानका वन

विराटनगरको रानीमा झडप: डिएसपीसहित ७ प्रहरी घाइते

विराटनगर: मोरङ प्रशासनले अर्को सूचना जारी नहुञ्जेल भेला, र्‍याली, सभा

काभ्रेमा अज्ञात समूहले काटिदियो बुद्धचित्तको बोट, तीन करोडमा लागेको थियो ठेक्का

काभ्रे । काभ्रेको रोशी–५ नागबेलीमा रहेको ठकुरानी तामाङको घरमा रहेको