२०८१, १२ श्रावण शनिबार

आफ्ना छोराछोरीलाई सामुदायिक विद्यालयमा नपढाउने शिक्षकलाई कारबाही हुन्छ: नगरप्रमुख पोखरेल

आफ्ना छोराछोरीलाई सामुदायिक विद्यालयमा नपढाउने शिक्षकलाई कारबाही हुन्छ: नगरप्रमुख पोखरेल


सिन्धुली: कमलामाई नगरपालिकाका नगरप्रमुख उपेन्द्रकुमार पोखरेलले सरकारी तलवभत्ता खाएर आफ्ना छोरा छोरी सामुदायिक विद्यालयमा नपढाउने शिक्षकहरुलाई कारबाही गरेर जाने बताउनु भएको छ ।
कमलामाई नगरपालिका भित्रका सामुदायिक विद्यालयका प्रधानाध्यापकहरुको बैठकलाई सम्बोधनगर्दै आज (आइतवार) सो कुरा बताउनु भएको हो ।
कमलामाई नगरपालिकाको कार्यपालिका बैठकबाट जनप्रतिनिधी, कर्मचारी र सामुदायिक विद्यालयमा कार्यरत शिक्षकहरुले आफ्ना नानीबाबुहरु अनिवार्य रुपमा सरकारी विद्यालयमा भर्ना गर्नुपर्ने नीतिगत निर्णय गरेको स्मरण गराउँदै नगरप्रमुख पोखरेलले उक्त निर्णयलाई कार्यान्वय नगर्ने र अबरोध सिर्जना गर्ने शिक्षकहरुलाई कारबाही गरेरै छाड्ने बताउनुभयो ।
शिक्षा कस्तो बनाउने भन्ने विषय स्थानीय तहको अधिकार भएकाले सामुदायिक विद्यालयमा अरुलाई पढाउने तर आफ्नो छोरा छोरी निजी विद्यालयमा लैजाने शिक्षकहरुमाथि प्रश्न उठ्न थालेको बताउनु भयो । उहाँले अगाडि भन्नुभयोः आफूले पढाएको आफूलाईनैं विश्वास नभएर छोरा छोरी निजी विद्यालयमा लैजानेहरुको बिबरण तयार भइसकेको बताउँदै शैक्षिक सुधारमा असहयोग गर्नेहरुलाई कारबाही गरेरै अगाडि बढ्ने उद्घोष गर्नुभयो ।
बैठकमा सहभागी प्रधानाध्यापकहरुले नगरपालिकाले गरेको निर्णयलाई कार्यान्वयन गरेर लैजाने उद्घोष गर्नुभएको थियो । उहाँहरुले सामुदायिक विद्यालयको प्रशासन सञ्चालनमा रकम अभाव रहेको बताउँदै आगामी आर्थिक वर्षको वजेटमा रकम व्यवस्था गरिदिन नगरप्रमुख पोखरेललाई आग्रह गर्नुभएको थियो ।

प्रकाशित मिति : २०८१, ३० बैशाख आईतबार  ९ : ४१ बजे

सरकार जनतामा आशा जगाउन चाहन्छ : सञ्चारमन्त्री गुरुङ

काठमाडौं । सूचना तथा सञ्चार प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले नीजि क्षेत्रको

त्रिभुवन विमानस्थलमा सौर्य एयरको जहाज दुर्घटना १८ जना मृत्यु, क्याप्टेन घाइते

काठमाडौं । काठमाडौमा सौर्य एयरलाइन्सको जहाज दुर्घटना हुँदा १८ जनाको

संसदमा प्रधानमन्त्रीको सम्बोधन : यी हुन् सरकारका पाँच प्राथमिकता

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले २०४६ सालपछिको पुस्ता पहिलो

विश्वेश्वरप्रसाद कोइराला दूरदृष्टिवाला नेता हुनुहुन्थ्यो : प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली राजनीति तथा परिवर्तनको

महान्यायाधिवक्तामा रमेश बडाल नियुक्त

काठमाडौं । वरिष्ठ अधिवक्ता रमेश बडाल महान्यायाधिवक्तामा नियुक्त भएका छन्