२०८१, ६ जेष्ठ आईतबार

सर्वदलीय बैठक सम्पन्न : इजरायलमा रहेका नेपालीको उद्दारमा गर्न दलहरुको सुझाव

सर्वदलीय बैठक सम्पन्न : इजरायलमा रहेका नेपालीको उद्दारमा गर्न दलहरुको सुझाव


काठमाडौं । इजरायलमा जारी युद्धका कारण समस्यामा परेका नेपालीहरुबारे छलफल गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बोलाएको बैठक कुनै ठोस निर्णय बिनै सकिएको छ ।
बैठकपछि एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले सरकारले सन्तुलित र समन्वयकारी भूमिका खेल्न नसकेको बताए । उनले बंकरमा रहेका नेपालीहरुलाई तत्काल उद्दार गर्न आग्रह गरे ।
‘सरकारले के गर्दैैछ भन्ने भनेर उहाँले सबै दललाई जानकारी दिनुभयो । सरकारले अत्यन्तै सन्तुलित ढंगले प्रस्तुत हुनुपर्छ भन्ने कुरा राख्यौं ।’
त्यस्तै कांग्रेस प्रमुख सचेतक रमेश लेखकले भने, ‘राष्ट्रिय पिडाको अवस्थामा अब कसरी अगाडि बढ्ने भन्ने विषयमा छलफल भयो ।’
कसरी अगाडि बढ्ने त ? भन्ने पत्रकारको प्रश्नमा उनले भने ‘मुलत बंकरमा रहेकाहरुलाई उद्दार गर्ने र मृत्यु भएकाहरुको शव यथासिघ्र चाँडो झिकाएर परिवारलाई पुर्याउने विषयमा छलफल भयो । नेपालीहरु यदि देशभित्र फर्किन चाहन्छन् भने फर्काउने र त्यही बस्न चाहनेलाई सुरक्षाको प्रत्याभूति गराउनु पर्नेमा जोड दिइयो ।’
त्यस्तै माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले, इजरायलमा संकटमा रहेका नेपालीहरुको उद्दारबारे छलफल भएको भन्दै यस्ता घटनामा सबै पार्टी एकै ठाउँमा उभिने विषय बस्तु आएको बताए ।
उनले भने ‘सरकारले जुन पहल कमदी लिएको छ यो ठिकै छ । यसलाई कार्यान्वयनमा लैजान लागोस् । साथसाथै आधिकारिकरुपमा चै जनतालाई आधिकारिक ठाउँबाट सही सूचना संप्रेशण गर्ने कुरा चै सरकारले गरोस् भन्ने सुझाव आएको छ । ’
प्रधानमन्त्री प्रचण्डले, सरकारको इजरायलमा दश जना नेपालीको ज्यान गएको प्रशंग र त्यसपछिको अवस्थाबारे छलफल गर्न सर्वदलिय बैठक आह्वान गरेका थिए ।

प्रकाशित मिति : २०८०, २३ आश्विन मंगलबार  १२ : ०५ बजे

कोशी प्रदेशमा मुख्यमन्त्री कार्कीले पाए विश्वासको मत

काठमाडौं । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेशसभाबाट सोमबार विश्वासको

आफ्ना छोराछोरीलाई सामुदायिक विद्यालयमा नपढाउने शिक्षकलाई कारबाही हुन्छ: नगरप्रमुख पोखरेल

सिन्धुली: कमलामाई नगरपालिकाका नगरप्रमुख उपेन्द्रकुमार पोखरेलले सरकारी तलवभत्ता खाएर आफ्ना

जंगलको डढेलो गाउँमा, ७० भन्दा धेरै घरगोठ जले

रुपन्देही: लुम्बिनी प्रदेशका पहाडी जिल्ला अर्घाखाँची, गुल्मी, पाल्पा, प्यूठानका वन

विराटनगरको रानीमा झडप: डिएसपीसहित ७ प्रहरी घाइते

विराटनगर: मोरङ प्रशासनले अर्को सूचना जारी नहुञ्जेल भेला, र्‍याली, सभा

काभ्रेमा अज्ञात समूहले काटिदियो बुद्धचित्तको बोट, तीन करोडमा लागेको थियो ठेक्का

काभ्रे । काभ्रेको रोशी–५ नागबेलीमा रहेको ठकुरानी तामाङको घरमा रहेको