२०८१, १ जेष्ठ मंगलबार

गाउँपालिका अध्यक्ष लागूऔषध मुद्दामा दोषी ठहर, तोकियो साढे ३ बर्षको जेल सजाय

गाउँपालिका अध्यक्ष लागूऔषध मुद्दामा दोषी ठहर, तोकियो साढे ३ बर्षको जेल सजाय


बागलुङ । निसीखोला गाउँपालिकाका अध्यक्षलाई लागूऔषध भण्डारणको अभियोगमा जेल सजाँय तोकिएको छ । उनी नेपाली काँग्रेसका नेता समेत हुन ।

वडा अध्यक्ष छँदा गाँजाको भण्डारण गरेको आरोपमा पक्राउ परेर धरौटीमा छुटनु भएका निसीखोला गाउँपालिकाका अध्यक्ष सूर्यबहादुर घर्तीलाई उच्च अदालत बागलुङले साढे तीन बर्ष जेल सजाँय तोकेको हो ।

आइतवार उच्च अदालतका न्यायाधीश मदन पोखरेल र माधवेन्द्र रेग्मीको संयुक्त इजलासले उक्त सजाय तोकेको हो । यसअघि ९ महिना पहिला जिल्ला अदालत बागलुङले पनि घर्तीलाई ५० हजार जरिवाना र साँढे तीन बर्ष जेल सजाँय तोकेको थियो ।

केही समय फरार भएर उच्च अदालतमा पुरनरावेदन गरेपछि मात्र घर्ती बाहिर निस्कनु भएको थियो । जिल्लाको फैसलापछि फरार घर्तीले उच्चमा पुनरावेदन गरेपछि राजनीतिक र गाउँपालिकाको कार्यक्रममा सहभागि बन्दै आउनु भएको थियो ।

२०७७ साल असार १२ गते निसीखोला गाउँपालिका वडा नंं ६ को वडा अध्यक्ष हुँदा घर्ती ८० केजी गाँजासहित घरबाटै पक्राउ परेका थिए । इलाका प्रहरी कार्यालय बुर्तिवाङबाट गएको टोलीले उनलाई गाँजा सहित पक्राउ गरेको थियो । गाँजा भण्डारन गरेको आरोपमा लागू औषध कसुर सम्बन्धी ऐन २०३३ को दफा ४ ९क० अनुसार २०७७ भदौ ४ गते घर्तीबिरुद्ध जिल्ला अदालतमा मुद्दा परेको थियो । पक्राउ परे लगत्तै झण्डै तीन महिना पुर्पक्ष बसेपछि घर्ती धरौटीमा रिहा हुनुभएको थियो ।

धरौटीमा रिहा भएकोले घर्तीले वडा अध्यक्षको काम नियमित रुपमा गर्नुभयो । गत बर्ष गाउँपालिकाको अध्यक्ष पदमा पनि उहाँ उमेदवार बनी निर्वाचित हुनुभयो । कांग्रेसबाट उमेदवार बन्दा उहाँबिरुद्ध दाबीबिरोध परेको थियो । तर निर्वाचन आयोगले उनको उजुरी उपर कुनै कारवाही गरेन ।

प्रकाशित मिति : २०८०, २२ आश्विन सोमबार  ६ : ५१ बजे

कोशी प्रदेशमा मुख्यमन्त्री कार्कीले पाए विश्वासको मत

काठमाडौं । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेशसभाबाट सोमबार विश्वासको

आफ्ना छोराछोरीलाई सामुदायिक विद्यालयमा नपढाउने शिक्षकलाई कारबाही हुन्छ: नगरप्रमुख पोखरेल

सिन्धुली: कमलामाई नगरपालिकाका नगरप्रमुख उपेन्द्रकुमार पोखरेलले सरकारी तलवभत्ता खाएर आफ्ना

जंगलको डढेलो गाउँमा, ७० भन्दा धेरै घरगोठ जले

रुपन्देही: लुम्बिनी प्रदेशका पहाडी जिल्ला अर्घाखाँची, गुल्मी, पाल्पा, प्यूठानका वन

विराटनगरको रानीमा झडप: डिएसपीसहित ७ प्रहरी घाइते

विराटनगर: मोरङ प्रशासनले अर्को सूचना जारी नहुञ्जेल भेला, र्‍याली, सभा

काभ्रेमा अज्ञात समूहले काटिदियो बुद्धचित्तको बोट, तीन करोडमा लागेको थियो ठेक्का

काभ्रे । काभ्रेको रोशी–५ नागबेलीमा रहेको ठकुरानी तामाङको घरमा रहेको