२०८१, ७ जेष्ठ सोमबार

इजरायलमा सुरक्षित छिन् साम्बा

इजरायलमा सुरक्षित छिन् साम्बा


काठमाडौं । व्यावसायिक फुटबल खेल्न इजरायल गएकी सावित्रा भण्डारी साम्बाले आफू सुरक्षित रहेको बताएकी छिन् ।

इजरायलबाट सम्पर्कमा आएकी उनले आफू अहिले तेलअविवमा रहेको र त्यहाँ कुनै खतरा नरहेको बताइन् ।

उनी शीर्ष श्रेणीको महिला लिगमा हापोएल रानानाबाट फुटबल खेल्न इजरायल गएकी थिइन् । एसियाली भूमिमा पर्ने भए पनि इजरायल युरोपेली महादेशको फुटबल महासंघमा सदस्य छ ।

अखिल नेपाल फुटबल संघ एन्फाले भने सावित्रा संकटमा रहेको भए राजदूतावासको सहयोगमा नेपाल झिकाउने बताएको छ ।

रसियामा रहेका एन्फाका अध्यक्ष पंकज विक्रम नेम्वाङ र महासचिव किरण राईले सावित्राको सुरक्षाका बारेमा आफूहरु चिन्तित रहेको र उनलाई झिकाउन प्रयास भइरहेको बताएका छन् ।

प्रकाशित मिति : २०८०, २२ आश्विन सोमबार  ५ : ३२ बजे

कोशी प्रदेशमा मुख्यमन्त्री कार्कीले पाए विश्वासको मत

काठमाडौं । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेशसभाबाट सोमबार विश्वासको

आफ्ना छोराछोरीलाई सामुदायिक विद्यालयमा नपढाउने शिक्षकलाई कारबाही हुन्छ: नगरप्रमुख पोखरेल

सिन्धुली: कमलामाई नगरपालिकाका नगरप्रमुख उपेन्द्रकुमार पोखरेलले सरकारी तलवभत्ता खाएर आफ्ना

जंगलको डढेलो गाउँमा, ७० भन्दा धेरै घरगोठ जले

रुपन्देही: लुम्बिनी प्रदेशका पहाडी जिल्ला अर्घाखाँची, गुल्मी, पाल्पा, प्यूठानका वन

विराटनगरको रानीमा झडप: डिएसपीसहित ७ प्रहरी घाइते

विराटनगर: मोरङ प्रशासनले अर्को सूचना जारी नहुञ्जेल भेला, र्‍याली, सभा

काभ्रेमा अज्ञात समूहले काटिदियो बुद्धचित्तको बोट, तीन करोडमा लागेको थियो ठेक्का

काभ्रे । काभ्रेको रोशी–५ नागबेलीमा रहेको ठकुरानी तामाङको घरमा रहेको