२०८१, ६ जेष्ठ आईतबार

काभ्रेमा ११ जनामा कोरोना संक्रमण पुष्टि संक्रमितको संख्या ४ सय ६९ पुग्यो

काभ्रेमा ११ जनामा कोरोना संक्रमण पुष्टि संक्रमितको संख्या ४ सय ६९ पुग्यो

३ सय १२ जना उपचारपछि घर फर्किएका छन्


धुलिखेल ५ असोज : काभ्रेमा आज ११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सोमबार थपिएका संक्रमितहरुमा बनेपा नगरपालिकाका १ जना पुरुष, धुलिखेल नगरपालिकाका १ जना पुरुष र ३ जना महिला, नमोबुद्ध नगरपालिकाका १ जना पुरुष, पाँचखाल नगरपालिकाका २ जना पुरुष र भुम्लु गाउँपालिकाका ३ जना पुरुष रहेको स्वास्थ्य कार्यालय काभ्रेका प्रमुख डाक्टर नरेन्द्रकुमार झाले बताउनु भयो ।

डाक्टर झाका अनुसार काभ्रेमा संक्रमित हुनेहरुको संख्या ४ सय ६९ पुगेको छ । जसमा २ सय ८६ जना पुरुष र १८३ जना महिला रहेका छन् ।

यसैगरी सोमबारसम्ममा ३ सय १२ जना उपचारपछि निको भएर घर फर्किएका छन् । सक्रिय संक्रमितको संख्या १ सय५३ रहेको छ । यसैगरी अस्पताल आईसुलेसनमा रहनेको संख्या ९४ जना छन् भने ६७ जना होमआईसोलेसनमा रहेका छन् ।

प्रकाशित मिति : २०७७, ५ आश्विन सोमबार  १० : ३५ बजे

कोशी प्रदेशमा मुख्यमन्त्री कार्कीले पाए विश्वासको मत

काठमाडौं । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेशसभाबाट सोमबार विश्वासको

आफ्ना छोराछोरीलाई सामुदायिक विद्यालयमा नपढाउने शिक्षकलाई कारबाही हुन्छ: नगरप्रमुख पोखरेल

सिन्धुली: कमलामाई नगरपालिकाका नगरप्रमुख उपेन्द्रकुमार पोखरेलले सरकारी तलवभत्ता खाएर आफ्ना

जंगलको डढेलो गाउँमा, ७० भन्दा धेरै घरगोठ जले

रुपन्देही: लुम्बिनी प्रदेशका पहाडी जिल्ला अर्घाखाँची, गुल्मी, पाल्पा, प्यूठानका वन

विराटनगरको रानीमा झडप: डिएसपीसहित ७ प्रहरी घाइते

विराटनगर: मोरङ प्रशासनले अर्को सूचना जारी नहुञ्जेल भेला, र्‍याली, सभा

काभ्रेमा अज्ञात समूहले काटिदियो बुद्धचित्तको बोट, तीन करोडमा लागेको थियो ठेक्का

काभ्रे । काभ्रेको रोशी–५ नागबेलीमा रहेको ठकुरानी तामाङको घरमा रहेको