२०८१, ५ जेष्ठ शनिबार

काभ्रे साक्षर जिल्ला, ९६ दशमलब ४८ प्रतिशत नागरिक साक्षर

काभ्रे साक्षर जिल्ला, ९६ दशमलब ४८ प्रतिशत नागरिक साक्षर


धुलिखेल, ७ फागुनः काभ्रे जिल्ला साक्षर घोषणा भएको छ । बुधबार ५२ औँ जिल्लाको रूपमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले साक्षर काभ्रेपलाञ्चोक जिल्ला घोषणा गरेका हुन् ।

जिल्लाको १५ देखि ६० वर्ष उमेर समूहका कुल निरक्षर संख्याको ९६ दशमलब ४८ प्रतिशत नागरिक साक्षर भएका छन् । धुलिखेलमा आयोजित कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख उद्धव केसीले काभ्रे जिल्लालाई साक्षर बनाइयोस भन्ने प्रस्ताव मन्त्री समक्ष राखेका थिए । प्रमुख केसीको प्रस्ताव मन्त्री पोखरेलले स्वीकार गर्दे साक्षर जिल्ला घोषणा गरेका थिए ।

जिल्लाको सबैभन्दा धेरै रोशी गाउँपालिकाका ९८.९८ प्रतिशत नागरिक साक्षर भएका छन् । जिल्लामा २०६८ सालको जनगणना अनुसार १५ देखि ६० वर्ष उमेर समूहका ३ लाख ७३ हजार ७ सय २८ जनसंख्या मध्ये ८१ हजार ५ सय ४९ जनसंख्या निरक्षर थियो । जिल्लामा अझै १३ हजार १ सय ६८ जना नागरिक निरक्षर छन् ।

काभ्रेमा सबैभन्दा पहिला मण्डनदेउपुर नगरपालिका साक्षर भएको हो । जिल्लाको सबैभन्दा अन्तिममा भने कोशीपारी क्षेत्रमा पर्ने चौरीदेउराली गाउँपालिका साक्षर घोषणा भएको थियो । साक्षर जिल्ला घोषणा कार्यक्रममा सहभागि हुन धुलिखेल आइपुगेका जिल्लका विभिन्न स्थानीय तहका प्रमुख र उपप्रमुखले अब पूर्ण साक्षर पालिकाका घोषणा गर्न तर्फ लाग्ने बताएका छन् । ‘हामीले भर्नाअभियान देखि नै मेहेनत गरिरहेका छौँ, मण्डनदेउपुर नगरपालिकाका उपप्रमुख निर्मला शाहीले भनिन् ‘नगरपालिकाको छुट्टै शिक्षा नीति छ, त्यहि नीति अनुसार नै योजना बनाएर पूर्ण साक्षर पालिका बनाउने लागि पर्छौँ ।’

प्रकाशित मिति : २०७६, ७ फाल्गुन बुधबार  ७ : २२ बजे

कोशी प्रदेशमा मुख्यमन्त्री कार्कीले पाए विश्वासको मत

काठमाडौं । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेशसभाबाट सोमबार विश्वासको

आफ्ना छोराछोरीलाई सामुदायिक विद्यालयमा नपढाउने शिक्षकलाई कारबाही हुन्छ: नगरप्रमुख पोखरेल

सिन्धुली: कमलामाई नगरपालिकाका नगरप्रमुख उपेन्द्रकुमार पोखरेलले सरकारी तलवभत्ता खाएर आफ्ना

जंगलको डढेलो गाउँमा, ७० भन्दा धेरै घरगोठ जले

रुपन्देही: लुम्बिनी प्रदेशका पहाडी जिल्ला अर्घाखाँची, गुल्मी, पाल्पा, प्यूठानका वन

विराटनगरको रानीमा झडप: डिएसपीसहित ७ प्रहरी घाइते

विराटनगर: मोरङ प्रशासनले अर्को सूचना जारी नहुञ्जेल भेला, र्‍याली, सभा

काभ्रेमा अज्ञात समूहले काटिदियो बुद्धचित्तको बोट, तीन करोडमा लागेको थियो ठेक्का

काभ्रे । काभ्रेको रोशी–५ नागबेलीमा रहेको ठकुरानी तामाङको घरमा रहेको