२०८१, ४ जेष्ठ शुक्रबार

काभ्रे नेकपामा रुकु र टोक बहादुरको चर्चा

काभ्रे नेकपामा रुकु र टोक बहादुरको चर्चा


काठमाण्डौ, ८ बैशाख: जब जब केन्द्रमा पार्टीका दुई अध्यक्ष बैठक बसेको खबर बाहिरिन्छ तब जिल्लामा तरंग छाउने गरेको छ ।

यस पटकपनि काभ्रे नेकपा भित्र ठूलो हलचल मच्चिएको छ । पार्टीको भावी जिल्ला नेतृत्वको रुपमा चर्चा पाएका ब्यक्तिहरु रिङ आउट भएको पोष्टहरु सामाजिक सञ्जालमा नेकपाकै कार्यकर्ताले लेख्न थालेका छन् ।

यसअघि पूर्व माओवादीबाट सूर्यमान दोङ लालध्वज अध्यक्ष र पूर्व एमालेबाट नारायण पाण्डे सचिवका रुपमा सिफारिस भएका थिए । तर दुबैको नाम हटेको नेकपाका कार्यकर्ताहरुको सामाजिक सञ्जालमा देख्न पाइन्छ ।

उनीहरुले अपुष्ट खबर भन्दै पूर्व माओवादीबाट रुकु चौलागाई अध्यक्ष र पूर्व एमालेबाट टोक बहादुर वाईबा सचिवमा सिफारिस भएको बताएका छन् ।

केन्द्रमा सचिवालयको बैठक सकिएको छ । बैठकले ७७ वटै जिल्लाका अध्यक्ष र सचिवको नाम टुंगो लगाएको बताइएको छ ।

पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठले ७७ वटै जिल्लाका पार्टी अध्यक्ष र सचिवको नाम टुंगो लागेको बताए । तर नाम भने भोली मात्रै सार्वजनिक गरिनेछ ।

प्रकाशित मिति : २०७६, ८ बैशाख आईतबार  ८ : १६ बजे

कोशी प्रदेशमा मुख्यमन्त्री कार्कीले पाए विश्वासको मत

काठमाडौं । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेशसभाबाट सोमबार विश्वासको

आफ्ना छोराछोरीलाई सामुदायिक विद्यालयमा नपढाउने शिक्षकलाई कारबाही हुन्छ: नगरप्रमुख पोखरेल

सिन्धुली: कमलामाई नगरपालिकाका नगरप्रमुख उपेन्द्रकुमार पोखरेलले सरकारी तलवभत्ता खाएर आफ्ना

जंगलको डढेलो गाउँमा, ७० भन्दा धेरै घरगोठ जले

रुपन्देही: लुम्बिनी प्रदेशका पहाडी जिल्ला अर्घाखाँची, गुल्मी, पाल्पा, प्यूठानका वन

विराटनगरको रानीमा झडप: डिएसपीसहित ७ प्रहरी घाइते

विराटनगर: मोरङ प्रशासनले अर्को सूचना जारी नहुञ्जेल भेला, र्‍याली, सभा

काभ्रेमा अज्ञात समूहले काटिदियो बुद्धचित्तको बोट, तीन करोडमा लागेको थियो ठेक्का

काभ्रे । काभ्रेको रोशी–५ नागबेलीमा रहेको ठकुरानी तामाङको घरमा रहेको