काठमाडौँ, ९ मङ्सिर: शनिबार अपराह्न सर्किट बै्रंकरमा आगलागी भएर बन्द भएको त्रिशूली जलविद्युत् केन्द्र आज साँझदेखि सञ्चालनमा आएको छ । केन्द्रका प्रमुख तारादत्त भट्टले दिनुभएको जानकारीअनुसार विद्यृत्गहृमा रहेका सातमध्ये चार वटा मेशिन सञ्चालनमा आएको छ । थप दुई मेशिन भने मर्मतमा रहेको छ । आयोजनाको क्षमता २१ मेगावाट छ । मर्मतमा रहेका मेशिनलाईसमेत शीघ्र मर्मत गरी सञ्चालनमा ल्याइनेछ ।
शनिबार एक्कासी ३ नं ब्रेकरमा समस्या आएपछि आगलागी भएको थियो । विद्युतगृहमा आगलागी हुँदा त्यहाँ कार्यरत सुपरभाइजर गुञ्जन लामा र इञ्जिनीयर प्रविण चौधरी घाइते हुनुभएको थियो । घाइते दुवैलाई नेपाली सेनाको हेलिकप्टरबाट काठमाडौँ ल्याइएको थियो । घाइतेको हाल कीर्तिपुरस्थित वर्निङ अस्पतालमा उपचार भइरहेको प्रमुख भट्टले जानकारी दिनुभयो ।
-रासस
प्रतिक्रिया