२०८१, ३ जेष्ठ बिहीबार

निर्वाचनमा पराजयपछि ताइवानी राष्ट्रपतिद्वारा दलको नेतृत्वबाट राजिनामा

निर्वाचनमा पराजयपछि ताइवानी राष्ट्रपतिद्वारा दलको नेतृत्वबाट राजिनामा


ताइवान ८ मंसीर : ताइवानका राष्ट्रपति साई इङ–वेनको दलडेमोक्रेटिक प्रोग्रसिभ पार्टी (डिपीपी) ले स्थानीय निर्वाचनमा नराम्रोसँग पराजय व्यहोरेको छ ।

राष्ट्रपति साईले स्थानीय निर्वाचनमा आफ्नो दल डिपीपी को पराजयको जिम्मेवारी लिँदै दलको नेतृत्वबाट शनिबार राजिनामाको घोषणा गर्नुभएको छ ।

उहाँले अकस्मात गरेको राजिनामाको घोषणा सार्वजनिक गर्दै सञ्चारकर्मीसँग भन्नुभयो, “मैले आज आएको निर्वाचनको नतिजा पार्टी प्रमुखका हैसियतमा जिम्मेवारी लिँदै राजिनामा दिएको छु ।”

“हाम्रो प्रयास प्रयाप्त हुन नसकेका कारण पराजय भएको छ । दललाई सफल बनाउन हामीसँगै संघर्ष गरेका पार्टी नेता, कार्यकर्ता तथा शुभेच्छुकप्रति कृतज्ञता प्रकट गर्दै दललाई सफल पार्न नसकेकोमा म क्षमायाचना गर्दछु,” साइले भन्नुभयो ।

प्रकाशित मिति : २०७५, ९ मंसिर आईतबार  ११ : १८ बजे

कोशी प्रदेशमा मुख्यमन्त्री कार्कीले पाए विश्वासको मत

काठमाडौं । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेशसभाबाट सोमबार विश्वासको

आफ्ना छोराछोरीलाई सामुदायिक विद्यालयमा नपढाउने शिक्षकलाई कारबाही हुन्छ: नगरप्रमुख पोखरेल

सिन्धुली: कमलामाई नगरपालिकाका नगरप्रमुख उपेन्द्रकुमार पोखरेलले सरकारी तलवभत्ता खाएर आफ्ना

जंगलको डढेलो गाउँमा, ७० भन्दा धेरै घरगोठ जले

रुपन्देही: लुम्बिनी प्रदेशका पहाडी जिल्ला अर्घाखाँची, गुल्मी, पाल्पा, प्यूठानका वन

विराटनगरको रानीमा झडप: डिएसपीसहित ७ प्रहरी घाइते

विराटनगर: मोरङ प्रशासनले अर्को सूचना जारी नहुञ्जेल भेला, र्‍याली, सभा

काभ्रेमा अज्ञात समूहले काटिदियो बुद्धचित्तको बोट, तीन करोडमा लागेको थियो ठेक्का

काभ्रे । काभ्रेको रोशी–५ नागबेलीमा रहेको ठकुरानी तामाङको घरमा रहेको