२०८१, ५ जेष्ठ शनिबार

आठ महीने शिशु अपहरण गर्ने जेल चलान

आठ महीने शिशु अपहरण गर्ने जेल चलान


गौशाला, ७ मङ्सिर: आठ महीने शिशु (बालिका) लाई अपहरण गरी हत्या गरेको आरोपमा महोत्तरी जिल्ला अदालतले एक युवकलाई जेल चलान गरेको छ । जेल चलान हुनेमा औरही नगरपाकिला–६ का २५ वर्षीय भरत साह तेली रहेका छन् ।

गत भदौ १० गते साँझ ६ बजेतिर औरही नगरपालिका–१ बस्ने सन्तोष चौधरीकी छोरी आठ महीने सोनालीलाई औरही बजारमै रहेको आफ्नै फैन्सी स्टोरमा आमा इन्द्रेश ग्राहकसँग सामान बेच्न लागेको व्यस्त मौका छोपी भरतले पसलबाटै अपहरण गरी लगेका थिए ।

दूधे बालिका अपहरण गरी लगेर भरतले जमुनियास्थित जङ्गलमा जबर्जस्ती करणी गरी हत्या गरेको अवस्थामा प्रहरीले भोलिपल्ट भदौ ११ गते शव बरामद गरेको थियो । घटनापश्चात् लामो समयसम्म भागी हिँडेका आरोपीलाई सुनसरी प्रहरीले गत कात्तिक ३ गते भन्टाबारीबाट प्रक्राउ गरेको थियो । पक्राउ गरिएका भरतलाई महोत्तरी प्रहरीमा सुपुर्दगी गरेपछि उनीमाथि मुद्दा चलाई जिल्ला अदालतमा उपस्थित गराउँदा उनलाई बालिका अहपरण, जबर्जस्ती करणी र कर्तव्य ज्यान मुद्दामा पुर्पक्षका लागि जलेश्वर कारागारमा पठाइएको छ ।
-रासस

प्रकाशित मिति : २०७५, ७ मंसिर शुक्रबार  ५ : १६ बजे

कोशी प्रदेशमा मुख्यमन्त्री कार्कीले पाए विश्वासको मत

काठमाडौं । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेशसभाबाट सोमबार विश्वासको

आफ्ना छोराछोरीलाई सामुदायिक विद्यालयमा नपढाउने शिक्षकलाई कारबाही हुन्छ: नगरप्रमुख पोखरेल

सिन्धुली: कमलामाई नगरपालिकाका नगरप्रमुख उपेन्द्रकुमार पोखरेलले सरकारी तलवभत्ता खाएर आफ्ना

जंगलको डढेलो गाउँमा, ७० भन्दा धेरै घरगोठ जले

रुपन्देही: लुम्बिनी प्रदेशका पहाडी जिल्ला अर्घाखाँची, गुल्मी, पाल्पा, प्यूठानका वन

विराटनगरको रानीमा झडप: डिएसपीसहित ७ प्रहरी घाइते

विराटनगर: मोरङ प्रशासनले अर्को सूचना जारी नहुञ्जेल भेला, र्‍याली, सभा

काभ्रेमा अज्ञात समूहले काटिदियो बुद्धचित्तको बोट, तीन करोडमा लागेको थियो ठेक्का

काभ्रे । काभ्रेको रोशी–५ नागबेलीमा रहेको ठकुरानी तामाङको घरमा रहेको