२०८१, ५ जेष्ठ शनिबार

भैरवकुण्ड हाइड्रोपावर सञ्चालनमा

भैरवकुण्ड हाइड्रोपावर सञ्चालनमा


मेलम्ची, २४ असोज : तीन मेगावाट क्षमताको भैरवकुण्ड खोला साना जलविद्युत् आयोजना सञ्चालनमा आएको छ । जुरेको पहिरो, शक्तिशाली भूकम्प, हेडवक्र्समा आएको पहिरो र भोटेकोशीमा आएको बाढी आदि कारणबाट उक्त परियोजनामा क्षति पुगेको थियो । सिन्धुपाल्चोकको लार्चामा सञ्चालित उक्त आयोजना पुनःनिर्माण भएपछि सोमबारदेखि पूर्ण क्षमतामा सञ्चालनमा आएको हो ।

विपद्का कारण विभिन्न समयमा प्रसारण रोकिएको सो हाइड्रो पावरबाट उत्पादित विद्युत् ३३ केभिए ट्रान्समिसन लाइन हुँदै लामोसाँघु सवस्टेशनमार्फत राष्ट्रिय प्रसारण लाइनमा जोडिएको छ ।

आयोजनाले रु ३१ करोड ८३ लाख २८ हजार बराबर सर्वसाधारणलाई शेयर निष्कासन गर्ने र सोमध्ये जिल्लाका स्थानीयवासीलाई छ करोड ५० लाखको शेयर निष्कासन गर्ने आयोजनाले जनाएको छ ।
-रासस

प्रकाशित मिति : २०७५, २४ आश्विन बुधबार  ६ : ४६ बजे

कोशी प्रदेशमा मुख्यमन्त्री कार्कीले पाए विश्वासको मत

काठमाडौं । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेशसभाबाट सोमबार विश्वासको

आफ्ना छोराछोरीलाई सामुदायिक विद्यालयमा नपढाउने शिक्षकलाई कारबाही हुन्छ: नगरप्रमुख पोखरेल

सिन्धुली: कमलामाई नगरपालिकाका नगरप्रमुख उपेन्द्रकुमार पोखरेलले सरकारी तलवभत्ता खाएर आफ्ना

जंगलको डढेलो गाउँमा, ७० भन्दा धेरै घरगोठ जले

रुपन्देही: लुम्बिनी प्रदेशका पहाडी जिल्ला अर्घाखाँची, गुल्मी, पाल्पा, प्यूठानका वन

विराटनगरको रानीमा झडप: डिएसपीसहित ७ प्रहरी घाइते

विराटनगर: मोरङ प्रशासनले अर्को सूचना जारी नहुञ्जेल भेला, र्‍याली, सभा

काभ्रेमा अज्ञात समूहले काटिदियो बुद्धचित्तको बोट, तीन करोडमा लागेको थियो ठेक्का

काभ्रे । काभ्रेको रोशी–५ नागबेलीमा रहेको ठकुरानी तामाङको घरमा रहेको