२०८१, २ जेष्ठ बुधबार

के हुन् खुसीका अवरोधक, कसरी रहने खुसी ?

के हुन् खुसीका अवरोधक, कसरी रहने खुसी ?


भर्खरै सार्वजनिक एक अध्ययनले विश्वको सबैभन्दा बढी खुसी देश फिनल्याण्डलाई ठहर्‍यायो । फिनल्याण्ड विश्वकै खुसी देश हो तर धनी होइन । विश्वकै धनी त अमेरिका हो तर त्यहाँ मान्छे किन खुसी छैनन् ? किन अमेरिका खुसी देश भएन ? यसको अर्थ हो खुसीको स्रोत धन मात्रै होइन रहेछ।

हामी भित्र सकरात्मक र नकारात्मक गरी दुई प्रकारका भावनाहरु छन् । सकारात्मक भावनामा भावनामा प्रेम, आदर, अनुग्रह, आनन्द पर्छन् । नकरात्मकमा घृणा, रिस, इर्श्या, इख, गुनासो आदि पर्छन्। सकरात्मक भावनले हामीमा ऊर्जा बढाउँछ । खुसीको सञ्चार गराउँछ भने नकरात्मकले दुःखी बनाउँछ । त्यसैले हामी अभावका कारण दुःखी होइन, हामीमा रहेका नकरात्मक भावनालाई बढवा दिएर दुःखी भइरहेका छौं।

शाररिक रुपमा रोग लाग्यो वा समस्या आयो भने हामी आफैं थाहा पाउँछौं तर मनमा समस्या आयो भने थाहा हुँदैन । विस्तारै गाँज्दै लगेर डिप्रेशनतिर धकेल्छ । मान्छेमा नकरात्मक भावना बढी आउन थाल्यो भने मन समस्यामा छ भन्ने बुझ्नुपर्छ । समस्या आउन नदिन तिनलाइ नियन्त्रणमा राख्नुपर्छ।

हाम्रा धर्म संस्कृतिमा मनलाई स्वस्थ राख्नकै लागि केही अभ्यास गर्ने गरिएका छन् । तर, हामीले तिनलाई पनि छाडेपछि मन अस्वस्थ हुँदै गयो । मन बिगारेर डिप्रेशनसम्म धकेल्ने केही तत्व यसप्रकार छन्ः

अहम्
अहम् खुसी रोक्ने सबभन्दा ठूलो शत्रु हो । अहमका कारण मान्छे फस्दै जान्छ र डिप्रेशनमा पुग्छ । अहम् म मात्रै यस्तो, म मात्रै उस्तो भन्ने एउटा प्रकारको भयो । अर्को मैले यसो गर्न सकिनँ, त्यसो गर्न सकिनँ भन्ने हुन्छ । यसले आत्मग्लानी महशुस गराउँछ । त्यसपछि ऊ विस्तारै अरु र आफैंसँग झिँझिँन थाल्छ । मनमा अनेक कुरा खेल्न थाल्छन् । त्यसपछि आफूलाई दोषी ठहर्‍याउँछ । यसरी डिप्रेशनको शिकार भइन्छ।

गुनासो
जब मान्छेमा गुनासो गर्ने बानी बढ्दै जान्छ । यसले पनि मनलाई अस्वस्थ बनाउँछ । उसमा फलानो यसो गरिदिएन वा यसो भएन भन्ने खालका भावना आउँछन् । यसले मन दुखाउँछ । आत्मबल कमजोर बनाउँछ । फलानाले यसो गरेन किन त्योसँग बोल्ने भन्ने खालका भावना आउँछन् । यसले उसलाई एक्लोपनतिर धकेल्छ । विस्तारै मनमा कुरा खेलिरहने, टाउका दुख्ने, लगायत हुँदै जाँदा डिप्रेशन हुन्छ।

इख
इखले पनि आफैंलाई समस्यामा पार्ने हो । त्यसले आफूमाथि भएका खराब व्यवहार वा आफूलाई भएको हानी सम्झाइरहन्छ । यसो हुँदा मन दुखिइरहन्छ । उसले यस्तो गरेको थियो, त्यसलाई यस्तो गर्छु खालका भावना आइरहन्छन् । यसले रिस बढाउँछ । अन्तमा हानी मनलाई नै गर्ने हो।

रिस
हामी धेरैपल्ट यत्तिकै रिसाइरहेका हुन्छौं, रिसाउनुपर्ने कारण हुँदैन । तुरुन्तै आवेशमा आएर बाझिहाल्छौ । किनभने हामी भित्रभित्रै तातिरहेका हुन्छौं, केही कुरामा ठोक्किनै हुँदैन रिसाइहाल्छौं । हामी कोही रिसाउँदा मसँग रिसायो भन्ने ठान्छौं । तर, ऊ आफैंसँग रिसाएको हो । ऊ भित्र पीडा, तनाव, आवेग आदिको बोझ छ । त्यो उतारेको हो । बाटोमा गाडीमा हिँड्दा कसैले थोरै छोयो भने ‘मार्न खोजेको?’ भन्दै कराउँछौं । उसले तपाईंलाई चिनेको त छैन, किन मार्न खोज्थ्यो । अन्जानमा भयो । तपाईंले पनि कहिँ ठोक्काउनु भएको थियो होला अन्जानमा । हामी मात्रै सही, हामीले गरे जे पनि ठीक भन्ने खालका भावनाले रिस पैदा गर्छै । रिसलाई दबाउनु पनि डिप्रेशनबाट जागिने सही उपाय हो।

के गर्ने ?

सहयोगी बन्ने
सहयोग पाउनेलाई भन्दा दिनेलाई फाइदा पुग्छ । तपाईंले कसैलाई पाँच रुपैयाँ दिँदा त्यो पैसाले उसले के गर्ला ? कति फाइदा होला ? तर, तपाईंलाई भने त्यति दान गर्दा पनि धेरै खुसी मिलिरहेको हुन्छ। जुन हजारौं खर्च गर्दा नमिल्न सक्छ । यसैगरी कोही अशक्त, असहायलाई बाटो कटाएपछि आफ्नो मनमा पैदा हुने सन्तोषका तरंग हेर्नुहोस् फाइदा आफैंलाई भएको हुन्छ । हाम्रो धर्म संस्कृतिमा यही कारणले सहयोगलाई जोड दिइएको हो । सहयोगमाथि अध्ययन पनि भएका छन् । त्यसले आत्मबल बढाउने र खुसी तुल्याउने निष्कर्ष निस्किएका छन्।

माफ गर्ने
माफी आफू र अर्काे दुबैलाई गर्नुपर्छ । कहिलेकाहिँ आफूले भुलवश वा आवेशमा आएर केही बिगार गरिएको हुन्छ । आफूले गरेको उक्त गल्तीका कारण पिरोलिरहने समस्या हुन्छ कतिमा । तर, आफूले अरु कसैको केही बिगारेको भए उससँग माफी माग्ने र आफूले आफैंलाई पनि गल्ती नदोहो¥याउने गरी माफी दिने गर्नुपर्छ । यसैगरी कसैले अन्जानमा गरेको गल्तीमा पनि माफ दिन सक्नुपर्छ । यसले मनलाई हल्का बनाउँछ । त्यसो गर्न सकिएन भने मनमा बोझ बढ्छ र बोझ बोकेर हिँड्दा समस्या त आउँछ नै।

धन्य हुने
मानवमा जति भए पनि नपुग्ने स्वभावको विकास हुँदै गएको छ । तर, आफूले प्राप्त गरेका कुरामा धन्य हुनु पनि मनलाई आराम दिन महत्वपूर्ण तत्व हो । जस्तोः एक गिलास पानी पिउन पाइयो भने पनि धन्य हुनुपर्छ । मैले यति त पाएँ भन्ने खालको महशुस गर्न सक्नुपर्छ । कसैले गरेको सानो सहयोगमा पनि कृतज्ञ हुनुपर्छ । केही प्राप्त गर्दा धन्यवाद भन्नुको अर्थ त्यही हो । हामी अहिले मुखले धन्यवाद त भन्छौं होला मनैदेखि धन्य हुन भने छाडेका छौं । हाम्रो संस्कृतिमा प्रकृति (जस्तै हावा, पानी, रुख, पहाड, सूर्य आदि)लाई पुज्ने चलन छ । यसको अर्थ घाम, पानी, हावा प्राप्त गरेकोमा धन्य हुने हो।

स्वीकार्य
जे भयो भइहाल्यो भनेर स्वीकार्नुपर्छ । किनभने अस्वीकार गर्दा असन्तोष मात्रै बढ्छ फाइदा हुँदैन । मान्छेहरु अचेल असन्तोषी बन्दै गएका छन् । लामो नाक हुनेलाई लामो भएको मन पर्दैन, छोटो हुनेलाई छोटो । कालो भएँ, गोरो भएँ, होचो भएँ, अग्लो भएँ जस्ता कुरामा असन्तोष देखिन्छ । यो भनेको आफूलाई नस्वीकार्नु हो । आफूसँग्ग भएको कुरामा चित्त नबुझाउनु हो । यसले ‘बडी डिस्मर्फिक डिसअर्डर’ भन्ने रोग पनि लाग्छ । यसैगरी आफू गरिबीमा जन्मे, पहाडमा जन्में, तराईमा जन्में लगायत खालका अस्वीकार्यरता पनि भेटिन्छन् । जहाँ जन्में पनि जन्में भन्ने कुरामा धन्य हुनुपर्छ । यसैगरी अर्को अस्वीकार्यरता चाहिँ त्यो मान्छेले यसो गरेन, उसो गरेन, यसो भएन, उसो भएन भन्ने खालको हो । यो पनि मानसिक समस्याको कारण हो ।

उदारता
समान्य उदाहरण प्रस्तुत गरौं, लट्ठी अलिकति बंग्याउने खोज्यो भने भाँचिन्छ तर रबर जति बंग्याए पनि हुन्छ र छाड्ने बित्तिकै आफ्नै स्थितिमा आइपुग्छ । यसको अर्थ मन पनि जति कडा बनाइयो, त्यति नै भाँचिने सम्भावना अधिक रहन्छ । त्यसैले हामीले मन स्वस्थ राख्न वा भाँचिन नदिन उदार हुन जरुरी हुन्छ । ‘म झुक्दै नझुक्ने नेपालीको छोरो’ मानसिक स्वास्थ्यका लागि हानिकारक छ बरु ‘फलेको वृक्षको हाँगो नझुकेको कहाँ छ र’ सही हुन्छ।

सारांशमा यो संसारमा केही पूर्ण छैन र कोही पूर्ण छैनौं । त्यसैले हामीले आफूलाई जे छ त्यही रुपमा अँगाल्ने बानीको विकास गर्नुपर्छ । तपाईं आफू पूर्ण हुनुहुन्न भने अरुबाट त्यस्तो अपेक्षा किन राख्नुहुन्छ ? यसैगरी नियमित ध्यान गर्नेको अनुहारमा हेर्नुहोस् सदा चमक हुन्छ । यसको अर्थ उनीहरुको मन स्वस्थ छ । हामीले पनि ध्यान गर्ने बानी बसाल्नुपर्छ । यसले गहिरो सोचमा पुर्‍याउँछ । आत्मैदेखि सोच्ने बानी बसाल्छ । मन शान्त हुन्छ । डिप्रेशन हुनबाट जोगाउँछ।

प्रकाशित मिति : २०७५, २२ आश्विन सोमबार  ५ : ०० बजे

कोशी प्रदेशमा मुख्यमन्त्री कार्कीले पाए विश्वासको मत

काठमाडौं । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेशसभाबाट सोमबार विश्वासको

आफ्ना छोराछोरीलाई सामुदायिक विद्यालयमा नपढाउने शिक्षकलाई कारबाही हुन्छ: नगरप्रमुख पोखरेल

सिन्धुली: कमलामाई नगरपालिकाका नगरप्रमुख उपेन्द्रकुमार पोखरेलले सरकारी तलवभत्ता खाएर आफ्ना

जंगलको डढेलो गाउँमा, ७० भन्दा धेरै घरगोठ जले

रुपन्देही: लुम्बिनी प्रदेशका पहाडी जिल्ला अर्घाखाँची, गुल्मी, पाल्पा, प्यूठानका वन

विराटनगरको रानीमा झडप: डिएसपीसहित ७ प्रहरी घाइते

विराटनगर: मोरङ प्रशासनले अर्को सूचना जारी नहुञ्जेल भेला, र्‍याली, सभा

काभ्रेमा अज्ञात समूहले काटिदियो बुद्धचित्तको बोट, तीन करोडमा लागेको थियो ठेक्का

काभ्रे । काभ्रेको रोशी–५ नागबेलीमा रहेको ठकुरानी तामाङको घरमा रहेको