२०८१, ६ जेष्ठ आईतबार

नक्कली सुनसहित ६ जना समातिए

नक्कली सुनसहित ६ जना समातिए


काठमाडौं, भदौ १९ । प्रहरीले काठमाडौंबाट नक्कली सुनसहित ६ जनालाई पक्राउ गरेको छ ।महागनरीय प्रहरी परिसर काठमाडौंले दुई किलो नक्कली सुनसहित पक्राउ परेकाहरुलाई मंगलबार सार्वजनिक गरेको हो ।पक्राउ पर्नेमा धादिङका अभिषेक तामाङ, राज तामाङ, नुवाकोटका राम तामाङ, जितेन तामाङ, काठमाडौंको नेपालटार बस्दै आएका वीरेन्द्र तामाङ र धादिङकै राजकुमार तामाङ छन् ।

प्रहरीले उनीहरुलाई नागढुंगामा चेकजाँच गर्नेक्रममा पक्रेको हो ।मानगरीय प्रहरी परिसरका प्रवक्ता रामदत्त जोशीले नक्कली सुनलाई सक्कली भनेर बिक्री गरिरहेको सूचनाको आधार उनीहरुलाई पक्राउ गरिएको बताए ।यसैगरी, प्रहरीले चितुवाको छालासहित रोल्पा निवासी २२ वर्षीय अनमोल झाक्रीलाई चक्रपथबाट पक्राउ गरी मंगलबारै सार्वजनिक गरेको छ । चितुवाको छाला बेचबिखन गर्नेक्रममा झाक्रीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २०७५, १९ भाद्र मंगलबार  ५ : ५६ बजे

कोशी प्रदेशमा मुख्यमन्त्री कार्कीले पाए विश्वासको मत

काठमाडौं । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेशसभाबाट सोमबार विश्वासको

आफ्ना छोराछोरीलाई सामुदायिक विद्यालयमा नपढाउने शिक्षकलाई कारबाही हुन्छ: नगरप्रमुख पोखरेल

सिन्धुली: कमलामाई नगरपालिकाका नगरप्रमुख उपेन्द्रकुमार पोखरेलले सरकारी तलवभत्ता खाएर आफ्ना

जंगलको डढेलो गाउँमा, ७० भन्दा धेरै घरगोठ जले

रुपन्देही: लुम्बिनी प्रदेशका पहाडी जिल्ला अर्घाखाँची, गुल्मी, पाल्पा, प्यूठानका वन

विराटनगरको रानीमा झडप: डिएसपीसहित ७ प्रहरी घाइते

विराटनगर: मोरङ प्रशासनले अर्को सूचना जारी नहुञ्जेल भेला, र्‍याली, सभा

काभ्रेमा अज्ञात समूहले काटिदियो बुद्धचित्तको बोट, तीन करोडमा लागेको थियो ठेक्का

काभ्रे । काभ्रेको रोशी–५ नागबेलीमा रहेको ठकुरानी तामाङको घरमा रहेको