२०८१, ४ जेष्ठ शुक्रबार

नयाँ सत्ता समीकरणले मुलुक अस्थिरतातर्फ गयो, जनमतको अपमान भयो : प्रमुख सचेतक लेखक

नयाँ सत्ता समीकरणले मुलुक अस्थिरतातर्फ गयो, जनमतको अपमान भयो : प्रमुख सचेतक लेखक


काठमाडौं । नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले गठबन्धनको मूल्य मान्यताविपरीत एकतर्फीरूपमा गठबन्धन टुटाएको आरोप लगाएका छन् । आज प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले प्रधानमन्त्रीले कांग्रेसप्रति मात्रै नभई जनता र संविधानमाथि समेत कुठाराघात गरेको आरोप लगाए ।

‘अहिले यसरी गठबन्धन भत्काउने भनेको यो जनमतको पनि घोर अपमान हो’ उनले भने, ‘जनमतको अपमान गर्दै कपोकल्पित कारण र मुद्दा उचालेर आफ्नो जिम्मेवारीबाट भाग्ने कदमलाई हामीले राजनीतिक बेइमानी भनेका हौं ।’

उनले जनता र संविधानमाथि समेत प्रधानमन्त्रीले कुठाराघात गरेको बताए । उनले नयाँ सत्ता समीकरण बनेसँगै मुलुक अस्थिरतातर्फ गएको बताएको छ । प्रतिनिधिसभाको बिहीबारको बैठकमा सम्बोधन गर्दै नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले आफ्नो पार्टीभित्र प्रधानमन्त्री प्रचण्डले विश्वासघात गरेको बताए ।

प्रकाशित मिति : २०८०, २४ फाल्गुन बिहीबार  २ : ३५ बजे

कोशी प्रदेशमा मुख्यमन्त्री कार्कीले पाए विश्वासको मत

काठमाडौं । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेशसभाबाट सोमबार विश्वासको

आफ्ना छोराछोरीलाई सामुदायिक विद्यालयमा नपढाउने शिक्षकलाई कारबाही हुन्छ: नगरप्रमुख पोखरेल

सिन्धुली: कमलामाई नगरपालिकाका नगरप्रमुख उपेन्द्रकुमार पोखरेलले सरकारी तलवभत्ता खाएर आफ्ना

जंगलको डढेलो गाउँमा, ७० भन्दा धेरै घरगोठ जले

रुपन्देही: लुम्बिनी प्रदेशका पहाडी जिल्ला अर्घाखाँची, गुल्मी, पाल्पा, प्यूठानका वन

विराटनगरको रानीमा झडप: डिएसपीसहित ७ प्रहरी घाइते

विराटनगर: मोरङ प्रशासनले अर्को सूचना जारी नहुञ्जेल भेला, र्‍याली, सभा

काभ्रेमा अज्ञात समूहले काटिदियो बुद्धचित्तको बोट, तीन करोडमा लागेको थियो ठेक्का

काभ्रे । काभ्रेको रोशी–५ नागबेलीमा रहेको ठकुरानी तामाङको घरमा रहेको