२०८१, ५ जेष्ठ शनिबार

माधवलाई मनाउन कोटेश्वर पुगे प्रचण्ड–ओली, साथमा पौडेल र पोखरेल

माधवलाई मनाउन कोटेश्वर पुगे प्रचण्ड–ओली, साथमा पौडेल र पोखरेल

माधव नेपाललाई नयाँ सहयात्रामा जोडिन आग्रह


काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली कोटेश्वर पुगेका छन् । उनीहरू बालुवाटारमा जारी गठबन्धन बैठकको बीचमै माधव नेपाललाई भेट्न कोटेश्वर पुगेका हुन् । साथमा एमाले उपाध्यक्ष विष्णु पौडेल र महासचिव शंकर पोखरेल पनि छन् । नयाँ गठबन्धन बनाउन पौडेलले भूमिका खेलेको बताइन्छ ।

सोमबार साँझ मात्र प्रधानमन्त्री प्रचण्ड नारायणकाजी श्रेष्ठलाई लिएर नेपाललाई भेट्न पुगेका थिए । नयाँ बनेको सत्ता गठबन्धनले अरू दलहरूलाई पनि सरकारमा सहभागी गराउने निर्णय गरेको छ । सोमबार कांग्रेससँगको तत्कालीन गठबन्धन भङ्ग भएर एमालेसहितको नयाँ गठबन्धन बने लगत्तै नेपालले आफ्ना दुई मन्त्री र राज्यमन्त्रीलाई फिर्ता बोलाएका थिए । प्रचण्डले कांग्रेससहितको गठबन्धन छाडेर आफूलाई धोका दिएको भन्दै अध्यक्ष नेपाल बिच्किएका छन् । सोमबार मात्रै बसेको माओवादी सचिवालय बैठकले गठबन्धन तोडिएर रुष्ट बनेका अध्यक्ष नेपाललाई फकाएर नयाँ समीकरणमा सहभागी गराउने निर्णय गरेको थियो ।

सोमबार नै प्रधानमन्त्री दाहाल कोटेश्वर पुगेका थिए । उनले त्यहाँ पुगेर नेपाललाई नयाँ सहयात्रामा जोडिन आग्रह गरेका थिए । सोमबार नै एमाले अध्यक्ष ओलीले पनि नेपाललाई फोन गरेर स्वास्थ्य अवस्थाबारे चासो राखेका थिए । अध्यक्ष नेपाल केही दिनदेखि बिरामी भएर कोटेश्वरमै आराम गरिरहेका छन् । एकीकृत समाजवादी स्थायी कमिटी सदस्य सोमप्रसाद पाण्डेले अहिले कोटेश्वरमा तीन नेताहरुबीच वार्ता जारी छ । ओली र प्रचण्ड दुवै जनाले अहिले पुस १० को तत्कालीन गठबन्धनका सदस्य घटकहरू नागरिक उन्मुक्ति पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी र जनमतलाई पनि मिसाउने पहल गरिरहेका छन् ।

प्रकाशित मिति : २०८०, २२ फाल्गुन मंगलबार  ७ : २६ बजे

कोशी प्रदेशमा मुख्यमन्त्री कार्कीले पाए विश्वासको मत

काठमाडौं । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेशसभाबाट सोमबार विश्वासको

आफ्ना छोराछोरीलाई सामुदायिक विद्यालयमा नपढाउने शिक्षकलाई कारबाही हुन्छ: नगरप्रमुख पोखरेल

सिन्धुली: कमलामाई नगरपालिकाका नगरप्रमुख उपेन्द्रकुमार पोखरेलले सरकारी तलवभत्ता खाएर आफ्ना

जंगलको डढेलो गाउँमा, ७० भन्दा धेरै घरगोठ जले

रुपन्देही: लुम्बिनी प्रदेशका पहाडी जिल्ला अर्घाखाँची, गुल्मी, पाल्पा, प्यूठानका वन

विराटनगरको रानीमा झडप: डिएसपीसहित ७ प्रहरी घाइते

विराटनगर: मोरङ प्रशासनले अर्को सूचना जारी नहुञ्जेल भेला, र्‍याली, सभा

काभ्रेमा अज्ञात समूहले काटिदियो बुद्धचित्तको बोट, तीन करोडमा लागेको थियो ठेक्का

काभ्रे । काभ्रेको रोशी–५ नागबेलीमा रहेको ठकुरानी तामाङको घरमा रहेको