२०८१, ३१ बैशाख सोमबार

मादक पदार्थ सेवन गरी विवाद हुदाँ हत्या, फरार तीन जना पक्राउ

मादक पदार्थ सेवन गरी विवाद हुदाँ हत्या, फरार तीन जना पक्राउ


काठमाडौं । रेस्टुरेन्टमा मादक पदार्थ सेवन गरी वादविवाद हुँदा छुरा प्रहार गरी एक जनाको हत्या गरेर फरार रहेका तीन जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा झापाको दमक नगरपालिका–७ घर भएका २२ वर्षीय सनमलाई राई, दमक नगरपालिका–१ बस्ने आनन्द भन्ने २२ वर्षीय राजकुमार भुजेल र दमक नगरपालिका–७ बस्ने रेहान भन्ने १८ वर्षीय सवास आलम रहेका छन् ।

गत असोज १२ गते दमकको कुमाल चोकमा रहेको रुवेल माछा फ्राई एन्ड रोस्ट हाउसमा मादक पदार्थ पिउँदा विवाद हुँदा सनम राईले लुकाइरहेको छुरा प्रहार गरी ३८ वर्षीय गोविन्द लिम्बुको हत्या गरिएको थियो । घटनापछि प्रहरीले विशाल कुमालसहित ८ जनलाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको थियो । सो घटनामा फरार रहेका थप तीन जनालाई मोरङको उर्लाबारीबाट प्रहरीले पक्राउ गर्न सफल भएको हो ।


प्रहरीले घटनामा प्रयोग भएको छुरा पनि विराटनगरको शिक्षादीप कलेजको पार्किङ छेउमा रहेको झाडीमा फेला पारेको छ । हतियार व्यवस्थापनमा सहयोग गर्ने मफुद मियालाई पनि जिल्ला प्रहरी कार्यालय मोरङले नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति : २०८०, १६ आश्विन मंगलबार  ११ : ३६ बजे

कोशी प्रदेशमा मुख्यमन्त्री कार्कीले पाए विश्वासको मत

काठमाडौं । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेशसभाबाट सोमबार विश्वासको

आफ्ना छोराछोरीलाई सामुदायिक विद्यालयमा नपढाउने शिक्षकलाई कारबाही हुन्छ: नगरप्रमुख पोखरेल

सिन्धुली: कमलामाई नगरपालिकाका नगरप्रमुख उपेन्द्रकुमार पोखरेलले सरकारी तलवभत्ता खाएर आफ्ना

जंगलको डढेलो गाउँमा, ७० भन्दा धेरै घरगोठ जले

रुपन्देही: लुम्बिनी प्रदेशका पहाडी जिल्ला अर्घाखाँची, गुल्मी, पाल्पा, प्यूठानका वन

विराटनगरको रानीमा झडप: डिएसपीसहित ७ प्रहरी घाइते

विराटनगर: मोरङ प्रशासनले अर्को सूचना जारी नहुञ्जेल भेला, र्‍याली, सभा

काभ्रेमा अज्ञात समूहले काटिदियो बुद्धचित्तको बोट, तीन करोडमा लागेको थियो ठेक्का

काभ्रे । काभ्रेको रोशी–५ नागबेलीमा रहेको ठकुरानी तामाङको घरमा रहेको