२०८१, ५ जेष्ठ शनिबार

सरकारले ७७ जिल्लामै कृषि यान्त्रिकरण परियोजना संचालन गर्ने : कृषि मन्त्री भुसाल

सरकारले ७७ जिल्लामै कृषि यान्त्रिकरण परियोजना संचालन गर्ने : कृषि मन्त्री भुसाल


काठमाडौं । कृषि तथा पशुपन्छी विकास मन्त्री वेदुराम भुसालले, प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्तरगत कृषि क्षेत्रको विकासका लागि यान्त्रिकरणकोे नीति ७७ जिल्लामा लागू गरिएको बताएका छन् ।

आज प्रतिनिधि सभाको बैठकमा उनले सांसद प्रेम सुवालको कृषिको यान्त्रिकरणको अवस्था कस्तो छ भन्ने प्रश्नमा उनले ७७ वटै जिल्लामा कार्यक्रम लागू गरिएको जानकारी दिएका हुन् । उनले भने, ‘कृषि क्षेत्रको विकासका लागि यान्त्रिकरण गर्ने सरकारको नीति छ, यो नीति प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्तरगत ७७ जिल्लामा लागू गरिएको छ ।

परियोजनाबाट ट्याक्टर, पाउ टिरल, मिनि टिलर, धान रोप्ने मेशिन, खाल्टो खन्ने मेशिन, थ्रेचर, ड्रायर, ग्रेडरलगायतका यन्त्रहरु खरिद गरेर कष्टम हायरिङ् सेन्टरमा राखेर किसानहरुलाई प्रयोग गर्न दिइने छ त्यस्तो सेन्टर जम्मा ५ सय ८० वटा रहेका छन् ।’
यस्तै उनले परियोजनाको क्षेत्रमा नपरेको किसानहरुको लागि कृषिको लागि यन्त्र खरिद गर्दा ५० प्रतिशत अनुदानको व्यवस्था गरेको भन्दै फार्म, कृषक समूह, सहकारीहरुलाई प्राविधिक तालिम, औजार मर्मत तालिम पनि उपलब्ध गराएको बताए । उनले भने, ‘उक्त परियोजनाको क्षेत्रमा नपरेको किसानहरुले कृषि औजारलाई यन्त्र खरिद गर्न चाहेमा ५० प्रतिशत अनुदान दिने व्यवस्था रहेको छ ।

यसबाट उत्पादन लागत घटेसँगै उत्पादन वृद्धिमा मद्दत पुगेको छ । फाम, कृषक समूह, सहकारीहरुलाई प्राविधिक तालिम, औजार मर्मत तालिक पनि उपलब्ध गराईन्छ ।’

प्रकाशित मिति : २०८०, २१ भाद्र बिहीबार  ४ : ४० बजे

कोशी प्रदेशमा मुख्यमन्त्री कार्कीले पाए विश्वासको मत

काठमाडौं । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेशसभाबाट सोमबार विश्वासको

आफ्ना छोराछोरीलाई सामुदायिक विद्यालयमा नपढाउने शिक्षकलाई कारबाही हुन्छ: नगरप्रमुख पोखरेल

सिन्धुली: कमलामाई नगरपालिकाका नगरप्रमुख उपेन्द्रकुमार पोखरेलले सरकारी तलवभत्ता खाएर आफ्ना

जंगलको डढेलो गाउँमा, ७० भन्दा धेरै घरगोठ जले

रुपन्देही: लुम्बिनी प्रदेशका पहाडी जिल्ला अर्घाखाँची, गुल्मी, पाल्पा, प्यूठानका वन

विराटनगरको रानीमा झडप: डिएसपीसहित ७ प्रहरी घाइते

विराटनगर: मोरङ प्रशासनले अर्को सूचना जारी नहुञ्जेल भेला, र्‍याली, सभा

काभ्रेमा अज्ञात समूहले काटिदियो बुद्धचित्तको बोट, तीन करोडमा लागेको थियो ठेक्का

काभ्रे । काभ्रेको रोशी–५ नागबेलीमा रहेको ठकुरानी तामाङको घरमा रहेको