२०८१, १० बैशाख सोमबार

गगन थापाद्वारा गठबन्धनको चुनावी सभा बहिष्कार : रेनु दाहाललाई भोट माग्न शेखर कोइरालाद्वारा अस्वीकार

गगन थापाद्वारा गठबन्धनको चुनावी सभा बहिष्कार : रेनु दाहाललाई भोट माग्न शेखर कोइरालाद्वारा अस्वीकार


चितवन  २२   बैशाख  : नेपाली कांग्रेसका प्रभावशाली नेताद्धय डा. शेखर कोइराला र गगन थापा पुष्ष्पकमल दाहाल प्रचण्डकी छोरी रेणु दाहाललाई भोट माग्न अस्वीकार गर्नुभएको छ । सोही कारण दुवै नेताले रेनुलाई भोट माग्न आज आयोजित सभा बहिष्कार गर्नुभएको छ ।

आज चितवनको भरतपुरमा सरकारी गठबन्धनले गरेको आमसभामा दुवै नेता अनुपस्थित हुनुभएको हो । डा। शेखर र गगनलाई आमसभामा सहभागी गराएर छोरी रेणुका लागि भोट माग्न लगाउन प्रचण्डले प्रयास गर्नुभएको थियो । शेखर र गगनले पनि आमसभामा बोल्ने भनेर गठवन्धनले व्यापक प्रचार गरेको थियो । विशेषगरी माओवादी कार्यकर्ताहरुले शेखर र गगन आमसभामा आउने भनेर सवैतिर प्रचार गरेका थिए ।

हिजो विराटनगरमा भएको कार्यक्रमलाई सम्बोधन गर्न पुगेका कांग्रेसका नेता शेखर कोइराला, महामन्त्री गगन थापा लगाएतका नेताले आज भरतपुरको कार्यक्रममा सहभागिता नजनाउनुभएको हो । शेखर र गगनलाई आमसभामा लैजान प्रचण्डले आज बिहानसम्म प्रयास गर्नुभएको थियो । स्रोत अनुसार आज बिहान पनि प्रचण्डले शेखर र गगनलाई आमसभामा आएर भोट मागिदिन अनुनय गर्नुभएको हो । तर, दुवै जनाले रेनु जिताउन नसकिने भन्दै सभामा जान अस्वीकार गर्नुभएको बुझिएको छ ।

आजको आमसभामा कांग्रेसका सबै प्रभावशाली नेताहरुलाई उपस्थित गराउने प्रचण्डको योजना थियो । त्यही भएकाले शेखर र गगनलाई प्रचण्डले चितवन गइदिन दुई सातादेखि विशेष अनुरोध गरिरहनुभएको थियो । प्रचण्डको अनुरोध थियो– एकपटक भरतपुर गएर रेणुको पक्षमा भोट मागिदिनुस्, माहौल बनाइदिनुस् ।

भरतपुरको आमसभामा गएर रेणुको पक्षमा भोट नमागि दिन शेखर पक्षका नेता कार्यकर्ताहरुले पनि शेखर र गगनलाई दवाब दिनुभएको थियो । भरतपुरको आमसभामा कांग्रेसका अधिकांश कार्यकर्ता नपुगेको बताइएको छ । आमसभामा प्रायजसो माओवादी कार्यकर्ता मात्र देखिएका थिए ।

माओवादीले चितवन जिल्लाभरीबाट कार्यकर्ता आमसभा स्थलमा ओसारेको थियो ।

प्रकाशित मिति : २०७९, २२ बैशाख बिहीबार  ४ : ५३ बजे

जंगलको डढेलो गाउँमा, ७० भन्दा धेरै घरगोठ जले

रुपन्देही: लुम्बिनी प्रदेशका पहाडी जिल्ला अर्घाखाँची, गुल्मी, पाल्पा, प्यूठानका वन

विराटनगरको रानीमा झडप: डिएसपीसहित ७ प्रहरी घाइते

विराटनगर: मोरङ प्रशासनले अर्को सूचना जारी नहुञ्जेल भेला, र्‍याली, सभा

काभ्रेमा अज्ञात समूहले काटिदियो बुद्धचित्तको बोट, तीन करोडमा लागेको थियो ठेक्का

काभ्रे । काभ्रेको रोशी–५ नागबेलीमा रहेको ठकुरानी तामाङको घरमा रहेको

मिडिया काउन्सिल विधेयक पारित गर्ने तयारीमा सरकार

काठमाडौं । सूचना सञ्चार तथा प्रविधिमन्त्री रेखा शर्माले मिडिया काउन्सिल

को कतिबेर सुत्छन्, सबैभन्दा लामो निन्द्रा चिनियाँको !

काठमाडौं । कामको धपेडीले गर्दा राम्ररी निदाउन नपाएर लखतरान परिरहने