२०८१, १४ बैशाख शुक्रबार

माओवादी केन्द्रद्वारा दुई मेयर र पाँच उपमेयरलाई पार्टीबाट निष्कासन

माओवादी केन्द्रद्वारा दुई मेयर र पाँच उपमेयरलाई पार्टीबाट निष्कासन

एमालेतिर लागेको सबै जनाप्रतिनिधि कारवाहीमा


काठमाडौं, १६ बैसाख :  एमाले ओली समूहतिर लागेको भन्दै रौतहटका दुई मेयर र पाँच उपमेयरलाई नेकपा (माओवादी केन्द्र) ले पार्टीबाट निष्कासन गरेको छ । उनीहरुलाई पदबाट मुक्त गरिदिन निर्वाचन आयोगलाई पत्राचार समेत गरेको छ ।

पार्टीको प्रदेश समिति सदस्य रहेका नगर प्रमुखहरु मौलापुरमा रिनाकुमारी साह र कटहरियाका सियाराम कुशवाहालाई पार्टीको साधारण सदस्यसमेत नरहने गरी निष्कासन गरेको माओवादीले जनाएको छ ।

यस्तै, उपप्रमुखहरु मौलापुर नगरपालिकाका गौरीशंकर प्रसाद जयसवाल, फतुवाविजयपुरकी कान्तिदेवी महतो, देवाही गोनाहीकी परनियादेवी पटेल, माधवनारायणकी सिमलकुमारी साह र यमुनामाइ गाउँपालिका उपाध्यक्ष गीतादेवी साहलाई पार्टीबाट निष्कासित गरेको माओवादी केन्द्रका रौतहट जिल्ला सचिव देवेन्द्र पेटलले बताए ।

स्थानीय तह निर्वाचनमा माओवादीबाट विजयी उनीहरु एमालेको राजनीतिक गतिविधिमा संलग्न रहेकाले पार्टीको विधान र राजनीतिक दल सम्बन्धी ऐनअनुसार कारबाही गरिएको उनको भनाइ छ ।

‘पार्टीको विधानविपरीत काम गरेकाले उहाँहरुसित स्पष्टीकरण सोध्ने काम भयो,’ उनले भने, ‘चित्तबुझ्दो जवाफ नआएपछि पार्टीले निष्कासन गरेको हो ।’ २०७४ सालको स्थानीय तहको निर्वाचनमा माओवादी केन्द्रबाट निर्वाचित भएर दल त्याग गरेको भन्दै पार्टी केन्द्रीय समितिको बैठकले दुई मेयर र पाँच उपमेयरलाई पार्टीको साधारण सदस्य समेत नरहने गरि निष्कासित गरिएको पार्टी अध्यक्ष पुष्पकमल दाहालद्वारा हस्ताक्षरित पत्रमा उल्लेख छ ।

सर्वोच्च अदालतको २०७७ फागुन २३ को निर्णयले पूर्ववत रुपमा कायम भएको नेकपा माओवादी केन्द्रबाट निर्वाचित जनप्रतिनिधिहरु पार्टी परित्याग गरी एमालेमा प्रवेश गरेकाले कारबाही गरिएको पत्रमा उल्लेख छ । कान्तिपुर दैनिकबाट

प्रकाशित मिति : २०७८, १६ बैशाख बिहीबार  ७ : २० बजे

जंगलको डढेलो गाउँमा, ७० भन्दा धेरै घरगोठ जले

रुपन्देही: लुम्बिनी प्रदेशका पहाडी जिल्ला अर्घाखाँची, गुल्मी, पाल्पा, प्यूठानका वन

विराटनगरको रानीमा झडप: डिएसपीसहित ७ प्रहरी घाइते

विराटनगर: मोरङ प्रशासनले अर्को सूचना जारी नहुञ्जेल भेला, र्‍याली, सभा

काभ्रेमा अज्ञात समूहले काटिदियो बुद्धचित्तको बोट, तीन करोडमा लागेको थियो ठेक्का

काभ्रे । काभ्रेको रोशी–५ नागबेलीमा रहेको ठकुरानी तामाङको घरमा रहेको

मिडिया काउन्सिल विधेयक पारित गर्ने तयारीमा सरकार

काठमाडौं । सूचना सञ्चार तथा प्रविधिमन्त्री रेखा शर्माले मिडिया काउन्सिल

को कतिबेर सुत्छन्, सबैभन्दा लामो निन्द्रा चिनियाँको !

काठमाडौं । कामको धपेडीले गर्दा राम्ररी निदाउन नपाएर लखतरान परिरहने