२०८१, १५ बैशाख शनिबार

महाकालीमा भारतले तटबन्ध बनाइसकेपछि नेपालको निरीक्षण

महाकालीमा भारतले तटबन्ध बनाइसकेपछि नेपालको निरीक्षण


दार्चुला, ३१ चैत :  नेपाल–भारतको सीमा नदी महाकालीमा भारतले एकतर्फी रूपमा बनाइरहेको तटबन्धको दुवै देशका प्राविधिक टोलीले स्थलगत निरीक्षण गरेका छन् । दुवै देशबाट नापी विभागको पाँच–पाँच सदस्यीय टोलीले भारतद्वारा निर्माणाधीन तटबन्धको निरीक्षण गरेको जिल्ला प्रशासन कार्यालय दार्चुलाले जनाएको छ ।

भारतले एकतर्फीरूपमा नदीको धार परिवर्तन हुने गरी नेपालकै भूमिमा तटबन्ध निर्माण गरि रहेको विषयमा सञ्चार माध्यमदेखि संसदसम्म आवाज उठेपछि नेपाल सरकारले निरीक्षणका लागि टोली पठाएको हो ।

नेपाली टोलीमा प्रमुख नापी अधिकृत जयानन्द जोशीको नेतृत्वमा नापी अधिकृत कमल शाही र कपिल कटुवाल तथा सर्भेयर शहदेश घिमिरे र सुन्दर देवकोटा छन् । यस्तै भारतका तर्फबाट डीएसएस माज जतिन्तर सिंहको नेतृत्वमा ओएस महेश महेश्वरी, अनिल जुयाल, धीरज सिंह र दिनेश सिंह सहभागी रहेको सहायक प्रमुख जिल्ला अधिकारी जोत्स्ना भट्ट जोशीले जानकारी दिए ।

दुवै देशको प्राविधिक टोलीले संयुक्त निरीक्षण गर्दै पर्खाल ठीक ढङ्गले बनेको छ कि छैन, पर्खालका कारण नेपालतर्फ क्षति हुन्छ कि हुँदैन, अन्तर्राष्ट्रिय सीमा सन्धिअनुसार निर्माण भएको छ कि छै न भन्ने विषयमा छलफल गरको बताइएको छ । गोरखापत्र दैनिकबाट

प्रकाशित मिति : २०७७, ३१ चैत्र मंगलबार  ८ : ४९ बजे

जंगलको डढेलो गाउँमा, ७० भन्दा धेरै घरगोठ जले

रुपन्देही: लुम्बिनी प्रदेशका पहाडी जिल्ला अर्घाखाँची, गुल्मी, पाल्पा, प्यूठानका वन

विराटनगरको रानीमा झडप: डिएसपीसहित ७ प्रहरी घाइते

विराटनगर: मोरङ प्रशासनले अर्को सूचना जारी नहुञ्जेल भेला, र्‍याली, सभा

काभ्रेमा अज्ञात समूहले काटिदियो बुद्धचित्तको बोट, तीन करोडमा लागेको थियो ठेक्का

काभ्रे । काभ्रेको रोशी–५ नागबेलीमा रहेको ठकुरानी तामाङको घरमा रहेको

मिडिया काउन्सिल विधेयक पारित गर्ने तयारीमा सरकार

काठमाडौं । सूचना सञ्चार तथा प्रविधिमन्त्री रेखा शर्माले मिडिया काउन्सिल

को कतिबेर सुत्छन्, सबैभन्दा लामो निन्द्रा चिनियाँको !

काठमाडौं । कामको धपेडीले गर्दा राम्ररी निदाउन नपाएर लखतरान परिरहने