२०८१, १५ बैशाख शनिबार

मेलम्चीको सुरुङमा पानी पठाइयो

मेलम्चीको सुरुङमा पानी पठाइयो

काठमाडौँवासीलाई तीन महिनामा मेलम्चीको पानी : मन्त्री थापा


सिन्धुपाल्चोक, १० फागुन । मेलम्ची खानेपानी आयोजनाको सुरुङ परीक्षणका लागि पानी छाडिएको छ । सोमबार खानेपानी मन्त्री मणिचन्द्र थापाले आयोजनास्थल मेलम्ची पुगेर सुरुङमा पानी भर्ने कामको शुभारम्भ गरेका हुन् । साढे २६ किलोमिटर लामो सुरुङमा पानी भर्न १५ देखि २० दिन लाग्ने छ । परीक्षण सफल भएमा अवको तीन महिनामा काठमाडौंवासीले मेलम्चीको पानी पाउने मन्त्री थापाले बताए ।

सुरुङमा पानी हाल्नका लागि खानेपानीमन्त्री थापासहित खेलकुदमन्त्री दावा लामा, शहरी विकास राज्यमन्त्री रामबीर मानन्धर, पूर्वकानुनमन्त्री शेरबहादुर तामाङ मेलम्ची पुगेका थिए ।

शुरुवाती चरण भएकोले अहिले सुरुङको क्षमता भन्दा कम पानी छाडिने आयोजनाले बताएको छ । आयोजनाका कार्यकारी निर्देशक तिरेश खत्रीले सुरुङमा प्रति सेकेन्ड २ सय ५० लिटर देखि ३ सय लिटर सम्म पानी पठाउने काम भएको जानकारी दिए । सुरुङमा १३ करोड लिटर पानी भरेपछि १० दिन सम्म परीक्षणका लागि राखिने र त्यसपछि पुनः एकपटक सुरुङ खाली गरेर जाँच गरिने उनले बताए ।

मेलम्चीको पानी सुन्दरीजलमा तयार गरिएको दुई वटा प्रशोधन केन्द्र हुँदै वितरण प्रणालीमा पठाईने छ । मेलम्चीबाट दैनिक १७ करोड लिटर पानी काठमाडौंमा आउनेछ । गत असारमा सुरुङमा पानी भरेर परीक्षण गरिएको थियो । तर हेलम्बु गाउँपालिका अम्बाथानमा रहेको अडिटको १७ नम्बर गेट फुटेर पानी निस्किएको थियो । गेट फुट्दा आयोजनाका एक इन्जिनियर र चालकलाई बगाएको थियो । त्यसपछि एसियाली विकास बैंकको अनुदान सहयोगमा सुरुङ, मुहान स्थल र संरचनाको पुनः जाँच गरिएको थियो ।

 

प्रकाशित मिति : २०७७, १० फाल्गुन सोमबार  १० : ४० बजे

जंगलको डढेलो गाउँमा, ७० भन्दा धेरै घरगोठ जले

रुपन्देही: लुम्बिनी प्रदेशका पहाडी जिल्ला अर्घाखाँची, गुल्मी, पाल्पा, प्यूठानका वन

विराटनगरको रानीमा झडप: डिएसपीसहित ७ प्रहरी घाइते

विराटनगर: मोरङ प्रशासनले अर्को सूचना जारी नहुञ्जेल भेला, र्‍याली, सभा

काभ्रेमा अज्ञात समूहले काटिदियो बुद्धचित्तको बोट, तीन करोडमा लागेको थियो ठेक्का

काभ्रे । काभ्रेको रोशी–५ नागबेलीमा रहेको ठकुरानी तामाङको घरमा रहेको

मिडिया काउन्सिल विधेयक पारित गर्ने तयारीमा सरकार

काठमाडौं । सूचना सञ्चार तथा प्रविधिमन्त्री रेखा शर्माले मिडिया काउन्सिल

को कतिबेर सुत्छन्, सबैभन्दा लामो निन्द्रा चिनियाँको !

काठमाडौं । कामको धपेडीले गर्दा राम्ररी निदाउन नपाएर लखतरान परिरहने