२०८१, ११ बैशाख मंगलबार

दाहाल नेपाल समूहद्वारा चौथो चरणको आन्दोलन घोषणा

दाहाल नेपाल समूहद्वारा चौथो चरणको आन्दोलन घोषणा


काठमाडौँ, २ फागुन । नेकपा दाहाल नेपाल समूहले प्रतिनिधि सभा विघटन विरुद्ध थप आन्दोलनको घोषणा गरेको छ । पार्टी कार्यालय पेरिसडाँडामा आइतबार पत्रकार सम्मेलन गरेर फागुन ५ देखि १५ गतेसम्म चौथो चरणको आन्दोलन घोषणा गरेको हो ।

दाहाल नेपाल समूहले फागुन ६ गते प्रतिगमन, महँगी र भष्ट्राचारको विरोधमा काठमाडौंको टुँडिखेल वरीपरी मानव साङ्लोसहितको विरोध कार्यक्रम तय गरेको छ । त्यस्तै फागुन ५ देखि १२ गतेसम्म जिल्लास्तरीय विरोध प्रदर्शन र सभा गर्ने जनाएको छ ।

यसैगरी दाहाल नेपाल समूहले फागुन ८ गते प्रतिगमनविरुद्ध बृहत् अन्तरक्रिया र ९ गते महिला हिंसा, बलात्कारविरुद्ध देशव्यापी महिलाहरुको विरोध कार्यक्रमको घोषणा पनि गरेको छ । फागुन १२ गते चितवन, फागुन २१ गते दाङ, जनकपुर, नेपालगञ्ज, लगायतका शहरहरूमा विरोध प्रदर्शन गर्ने जनाएको छ ।

प्रकाशित मिति : २०७७, २ फाल्गुन आईतबार  ८ : ५५ बजे

जंगलको डढेलो गाउँमा, ७० भन्दा धेरै घरगोठ जले

रुपन्देही: लुम्बिनी प्रदेशका पहाडी जिल्ला अर्घाखाँची, गुल्मी, पाल्पा, प्यूठानका वन

विराटनगरको रानीमा झडप: डिएसपीसहित ७ प्रहरी घाइते

विराटनगर: मोरङ प्रशासनले अर्को सूचना जारी नहुञ्जेल भेला, र्‍याली, सभा

काभ्रेमा अज्ञात समूहले काटिदियो बुद्धचित्तको बोट, तीन करोडमा लागेको थियो ठेक्का

काभ्रे । काभ्रेको रोशी–५ नागबेलीमा रहेको ठकुरानी तामाङको घरमा रहेको

मिडिया काउन्सिल विधेयक पारित गर्ने तयारीमा सरकार

काठमाडौं । सूचना सञ्चार तथा प्रविधिमन्त्री रेखा शर्माले मिडिया काउन्सिल

को कतिबेर सुत्छन्, सबैभन्दा लामो निन्द्रा चिनियाँको !

काठमाडौं । कामको धपेडीले गर्दा राम्ररी निदाउन नपाएर लखतरान परिरहने