२०८१, १४ बैशाख शुक्रबार

दमौली तमु ल्होसारमा ढिंडो खाने प्रतियोगिता

दमौली तमु ल्होसारमा ढिंडो खाने प्रतियोगिता


दमौली, १५ पुस  : गुरुङ समुदायको महत्वपूर्ण पर्व तमु ल्होसारको अवसरमा ढिँडो खाने प्रतियोगिता हुने भएको छ । गुरुङ समुदायको बाक्लो बस्ती रहेको तनहुँको शुक्लागण्डकी नगरपालिका–१२ फिरफिरेमा तमु ल्होसारको अवसरमा बुधबार ढिँडो खाने प्रतियोगिता हुन लागेको हो ।

तमु ह्युला छोंज धिको आयोजनामा ढिँडो खाने प्रतियोगिता आयोजना गरिएको वडाध्यक्ष मनराज गुरुङले जानकारी दिए । ‘यो हामी सुन्दै आएको भन्दा फरक खाले प्रतियोगिता हो । सहभागीले जति छिटो र धेरै ढिँडो खान सक्छन् उही विजेता हुनेछ’, गुरुङले भने ।

ढिँडो खाने प्रतियोगिताले किसानलाई कोदो उत्पादनमा हौस्याउने उनको भनाइ छ । ‘पछिल्लो समय कोदोको उत्पादन घटिरहेको छ तर माग भने बढ्दो छ’, उनले भने, ‘निकै पौष्टिक आहार मानिने कोदोको परिकार घरवासदेखि तारे होटलसम्म माग हुने गर्दछ ।’

ल्होसारको अवसरमा यहाँ डोरी तान्ने, घैंटो फुटाउने, छेलो हान्ने, गाउँस्तरीय भलिबल प्रतियोगिता पनि आयोजना गरिएको छ । वडाध्यक्ष गुरुङका अनुसार फिरफिरेमा रहेका आठ गाउँलाई आठ समूहमा विभाजन गरी फरक–फरक खानाको परिकारसहित सामूहिक भोजन हुनेछ । ल्होसारको अवसरमा मौलिक घाटु, सालैजो, ठाडो भाका, कौराहा प्रदर्शन हुने वडाध्यक्ष गुरुङले जानकारी दिए ।

 

प्रकाशित मिति : २०७७, १५ पुस बुधबार  ९ : ०० बजे

जंगलको डढेलो गाउँमा, ७० भन्दा धेरै घरगोठ जले

रुपन्देही: लुम्बिनी प्रदेशका पहाडी जिल्ला अर्घाखाँची, गुल्मी, पाल्पा, प्यूठानका वन

विराटनगरको रानीमा झडप: डिएसपीसहित ७ प्रहरी घाइते

विराटनगर: मोरङ प्रशासनले अर्को सूचना जारी नहुञ्जेल भेला, र्‍याली, सभा

काभ्रेमा अज्ञात समूहले काटिदियो बुद्धचित्तको बोट, तीन करोडमा लागेको थियो ठेक्का

काभ्रे । काभ्रेको रोशी–५ नागबेलीमा रहेको ठकुरानी तामाङको घरमा रहेको

मिडिया काउन्सिल विधेयक पारित गर्ने तयारीमा सरकार

काठमाडौं । सूचना सञ्चार तथा प्रविधिमन्त्री रेखा शर्माले मिडिया काउन्सिल

को कतिबेर सुत्छन्, सबैभन्दा लामो निन्द्रा चिनियाँको !

काठमाडौं । कामको धपेडीले गर्दा राम्ररी निदाउन नपाएर लखतरान परिरहने