२०८१, १० बैशाख सोमबार

अज्ञात समूहद्वारा उपमेयर चढेको गाडी जलाउने प्रयास

अज्ञात समूहद्वारा उपमेयर चढेको गाडी जलाउने प्रयास

प्रहरी भन्छन् : मोटरसाइकलमा आएका युवालाई खोजिरहेका छौँ


भद्रपुर १८ मंसिर  :  झापामा अज्ञात समूहद्वारा उपमेयर चढेको गाडी जलाउने प्रयास असफल भएको छ। मेचीनगर नगरपालिकाका उपमेयर मीना उप्रेती चढेको मे१झ १७२ नम्बरको गाडी बिहीबार दिउँसो अज्ञात समूहले जलाउने प्रयास गरिएको झापा प्रहरीले जनाएको छ ।

प्रहरी कार्यालय झपाका डिएसपी राकेश थापाका अनुसार मोटरसाइकलमा आएका दुई जना युवाले त्यो गाडी जलाउने प्रयास गरिएको प्रारम्भिक अनुसन्धानबाट खुलेको डिएसपी थापाले बताए। चारआलीस्थित नेपाल आयल निगम डिपो कार्यालयको कार्यक्रममा सहभागी भएर फर्किने क्रममा धाइजन नजिकै मोटरसाइकलले गाडी छेकेर युवाद्धयले चक्कामा पेट्रोल छर्किएको आगो लगाउने प्रयास गरेका थिए।

गाडीभित्र उपमेयर मीना र उनका चालक सवार थिए। उपमेयरलाई ती युवाद्धयले आफूहरू नेपाल विद्यार्थी सङ्घको कार्यकर्ता भएको बताएका थिए। घटनाको विषयमा इलाका प्रहरी कार्यालय काँकडभिट्टाले अनुसन्धान थालिसकेको डिएसपी थापाको भनाई छ।

प्रकाशित मिति : २०७७, १८ मंसिर बिहीबार  ९ : ४३ बजे

जंगलको डढेलो गाउँमा, ७० भन्दा धेरै घरगोठ जले

रुपन्देही: लुम्बिनी प्रदेशका पहाडी जिल्ला अर्घाखाँची, गुल्मी, पाल्पा, प्यूठानका वन

विराटनगरको रानीमा झडप: डिएसपीसहित ७ प्रहरी घाइते

विराटनगर: मोरङ प्रशासनले अर्को सूचना जारी नहुञ्जेल भेला, र्‍याली, सभा

काभ्रेमा अज्ञात समूहले काटिदियो बुद्धचित्तको बोट, तीन करोडमा लागेको थियो ठेक्का

काभ्रे । काभ्रेको रोशी–५ नागबेलीमा रहेको ठकुरानी तामाङको घरमा रहेको

मिडिया काउन्सिल विधेयक पारित गर्ने तयारीमा सरकार

काठमाडौं । सूचना सञ्चार तथा प्रविधिमन्त्री रेखा शर्माले मिडिया काउन्सिल

को कतिबेर सुत्छन्, सबैभन्दा लामो निन्द्रा चिनियाँको !

काठमाडौं । कामको धपेडीले गर्दा राम्ररी निदाउन नपाएर लखतरान परिरहने