२०८१, १८ बैशाख मंगलबार

नेता पाण्डेमाथिको दुर्व्यवहार बहुदलीय जनवादको कोर्स होइन : मन्त्री योगेश भट्टराई

नेता पाण्डेमाथिको दुर्व्यवहार बहुदलीय जनवादको कोर्स होइन : मन्त्री योगेश भट्टराई


काठमाडौ ६ मंसिर : नेकपाका स्थायी समिति सदस्य तथा संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले हुलहुज्जत जनताको बहुदलीय जनवादको कोर्स हुन नसक्ने बताएका छन् ।

स्थायी कमिटी सदस्य तथा पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डेमाथि चितवनको राप्ती नगर कमिटीको कार्यक्रममा प्रधानमन्त्री केपी ओलीनिकट कार्यकर्ताहरूले नाराबाजी गर्दै दुर्व्यवहारको प्रयास गरेपछि भट्टराईले ट्विट गर्दै भनेका छन्, ‘हुलहुज्जत बहुदलीय जनवादको कोर्स होइन, विमर्श, छलफल र फरक मतको सम्मान जबजको विशेषता हो ।’

पाण्डेमाथि दुर्व्यवहारको प्रयास भएको भन्दै वरिष्ठ नेता माधवकुमार नेपाल र झलनाथ खनालले वक्तव्य जारी गर्दै घटनाको छानबिन गर्न र दोषीमाथि कारबाही गर्न माग गरेका छन् ।

तत्कालीन एमालेको नवौँ महाधिवेशनमा महासचिवको उम्मेदवारसमेत रहेका पाण्डे ईश्वर पोखरेलसँगको कडा प्रतिस्पर्धामा सात मतले पराजित भएका थिए । नयाँ पत्रिका

प्रकाशित मिति : २०७७, ६ मंसिर शनिबार  ७ : ३२ बजे

जंगलको डढेलो गाउँमा, ७० भन्दा धेरै घरगोठ जले

रुपन्देही: लुम्बिनी प्रदेशका पहाडी जिल्ला अर्घाखाँची, गुल्मी, पाल्पा, प्यूठानका वन

विराटनगरको रानीमा झडप: डिएसपीसहित ७ प्रहरी घाइते

विराटनगर: मोरङ प्रशासनले अर्को सूचना जारी नहुञ्जेल भेला, र्‍याली, सभा

काभ्रेमा अज्ञात समूहले काटिदियो बुद्धचित्तको बोट, तीन करोडमा लागेको थियो ठेक्का

काभ्रे । काभ्रेको रोशी–५ नागबेलीमा रहेको ठकुरानी तामाङको घरमा रहेको

मिडिया काउन्सिल विधेयक पारित गर्ने तयारीमा सरकार

काठमाडौं । सूचना सञ्चार तथा प्रविधिमन्त्री रेखा शर्माले मिडिया काउन्सिल

को कतिबेर सुत्छन्, सबैभन्दा लामो निन्द्रा चिनियाँको !

काठमाडौं । कामको धपेडीले गर्दा राम्ररी निदाउन नपाएर लखतरान परिरहने