रोशी २२ कार्तिक : बन्चरो र ढुङगा प्रहार गरी रोशी गाउँपालिका– ११ भैंसेडाँडामा २६ वर्षिय सुब्बा विसुन्खेको हत्या गरेका छन् । विसुन्खे को २०७७ कार्तिक २२ गते विहान घरैमा छिमेकी अन्दाजी २५ वार्षिय सन्तोष नेपालीले घरेलु हतियार बन्चरो र ढुङगा प्रहार गरी हत्या गरेको रोशी गाउँपालिका वडा नं ११ का वडा अध्यक्ष मिलल लामाले बताउनु भयो । जग्गाको निहुँमा झगडा गर्ने क्रममा सुब्बा विसुन्खेको बन्चरो र ढुंगाले टाउकोमा प्रहार गर्दा घटनास्थलमै मृत्यु भएको अध्यक्ष लामाले बताउनु भयो ।
गम्भीर घाईते सन्तोष नेपालीको ५५ वर्षिय बुबा खड्गबहादुर नेपालीलाई भने उपचारका लागि हेलिकप्टर मार्फत ह्याम्स अस्पताल काठमाडौमा पठाई सकेको जिल्ला प्रहरी कार्यालय काभ्रेका डिएस पी कुमार विक्रम थापाले बताउनु भयो । प्रहरीका अनुसार हत्या आरोपी सन्तोष नेपालीलाई ईलाका प्रहरी कार्यालय मंगलटारले नियन्त्रणमा लिएको छ । घटनाको थप अनुसंन्धानका लागि प्रहरी टोली घटनास्थलतर्फ गईरहेका ईलका प्रहरी कार्यालय मंगलटारका ईन्स्पेक्टर शेखर खडकाले बताउनु भयो ।
प्रतिक्रिया