धुलिखेल, ९ कात्तिकः पाँचखालमा रहेको पलाञ्चोक भगवती मन्दिरमा दर्शनार्थीको भिड लागेको छ । नवरात्रको नवमीमा पुजा गर्न जानेको भिड लागेको हो ।
यसअघि जिल्ला प्रशासन कार्यालयले जिल्लाभित्रको कुनै पनि मठमन्दिरमा नित्यपूजा बाहेकको अन्य कुनै गतिविधि नगर्न निर्देशन दिएको थियो । तर मन्दिर ब्यवस्थापन समितिले प्रकासनको निर्देशनलाई धज्जी उडाउँदै दर्शनार्थीलाई मन्दिर प्रवेश गराएर पुजापाठन गर्न लगाएको हो । प्रशासन कार्यालयले सर्वसाधरणलाई मन्दिर प्रवेशमा रोक लगाएको थियो । प्रमुख जिल्ला अधिकारी शिमराम पोखरेलले असोज ३० गते एक सूचना जारी गर्दै जिल्लाभरका मठमन्दिरमा सर्वसाधरणलाई प्रवेश निषेध गरिएको बताउनुभएको थियो ।
यसअघिका वर्षहरुमा पलाञ्चोक भगवती मन्दिरमा राष्ट्रप्रमुख समेत पुग्ने गरेका थिए । तर यो पटक कोरोना भाइरसको महामारीका कारण राष्ट्रपति विद्यादेवी भण्डारीले कुनै पनि शक्तिपिठ नजाने निर्णय गरिसक्नुभएको छ ।
प्रतिक्रिया