२०८१, १० बैशाख सोमबार

काभ्रेमा कमाण्ड पोष्टको निर्णय अवज्ञ गदै बजार खुल्यो, बनेपामा भीडभाड रोकिएन

काभ्रेमा कमाण्ड पोष्टको निर्णय अवज्ञ गदै बजार खुल्यो, बनेपामा भीडभाड रोकिएन

भयावह बन्दै काभ्रे, ५ सय ४४ जना सक्रिय संक्रमण


धुलिखेल २ कार्तिक  : काभ्रेमा कोभिड १९ कोरोना भाईरस रोकथाम नियन्त्रण र व्यवस्थापन गर्ने कमाण्ड पोष्टको निर्णय अवज्ञ गदै बजार खुलेका छन् ।

काभ्रेमा कोभिड १९ कोरोना भाईरस संक्रमण बढेपछि अत्यावश्यक बाहेकका सबै सेवा बन्दा गर्ने निर्णय कार्तिक१ गते गरेको थियो । शनिबार सम्ममा जिल्लामा ५ सय ४४ जनामा सक्रिय संक्रमण देखापरेपछि जिल्ला स्तरीय कोभिड १९ विपद ब्यवस्थापन केन्द्रले कोरोना नियन्त्रण, रोकथाम र व्यवस्थापन गर्न आईतबारदेखि बन्दा गर्ने निर्णय गरेको हो ।

तर जिल्लाको बनेपा, धलिखेल, पनौती, पाँचखाल र भकुडे लगायतका बजारहरुमा निर्णयको अवज्ञा गरेको देखिन्छ । केन्द्रल अत्यावश्यक बाहेकका सबै सेवा बन्दा गर्ने निर्णय गरेपनि आईतबार विहानसम्म बनेपा धुलिखेल र पनौती लगायतका बजार क्षेत्रमा कुनैपनि पसल बन्दा भएका छैनन् । बजारखुलेसंगै नागरिकको भीडभाड देखिन्छ ।

बजारसंगै पनौती, बनेपा धुलिखेल काठमाडौं चल्ने सर्वाजनिक सावरी साधानहरुमा पनि निकैभिड देखिन्छ । सार्वजनिक यातायातहरुमा अनिवार्य स्वास्थ्य सुरक्षा वीधि अपनाउनु पर्ने भनिएपनि यातायात व्यवसायीले वेवास्त गरिदै आएको छ ।

जिल्ला स्तरीय कोभिड १९ विपद ब्यवस्थापन केन्द्रले कोरोना नियन्त्रण, रोकथाम र व्यवस्थापनका लागि आम नागरिक र सरोकारबाला सबैलाई गरेको अनुरोधको अवज्ञा गरेको प्रति नागरिक समाजका अभियान्तहरुले चिन्ता व्यक्त गरेका छन् ।

प्रकाशित मिति : २०७७, २ कार्तिक आईतबार  ९ : २८ बजे

जंगलको डढेलो गाउँमा, ७० भन्दा धेरै घरगोठ जले

रुपन्देही: लुम्बिनी प्रदेशका पहाडी जिल्ला अर्घाखाँची, गुल्मी, पाल्पा, प्यूठानका वन

विराटनगरको रानीमा झडप: डिएसपीसहित ७ प्रहरी घाइते

विराटनगर: मोरङ प्रशासनले अर्को सूचना जारी नहुञ्जेल भेला, र्‍याली, सभा

काभ्रेमा अज्ञात समूहले काटिदियो बुद्धचित्तको बोट, तीन करोडमा लागेको थियो ठेक्का

काभ्रे । काभ्रेको रोशी–५ नागबेलीमा रहेको ठकुरानी तामाङको घरमा रहेको

मिडिया काउन्सिल विधेयक पारित गर्ने तयारीमा सरकार

काठमाडौं । सूचना सञ्चार तथा प्रविधिमन्त्री रेखा शर्माले मिडिया काउन्सिल

को कतिबेर सुत्छन्, सबैभन्दा लामो निन्द्रा चिनियाँको !

काठमाडौं । कामको धपेडीले गर्दा राम्ररी निदाउन नपाएर लखतरान परिरहने