धुलिखेल २७ भदौ : धुलिखेल नगरपालिकाका मात्र ९७० जनाको पिसिआर विधिमार्फत कोरोना कोरोना परिक्षण गरिएको छ ।
हाल सम्म संक्रमणको शंका गरिएका १०३० जनाको स्वाब संकलन भईसकेको नगरपालिकाको स्वास्थ्य शाखाका प्रमुख सन्दिप केसीले बताउनुभयो । नगरपालिकाले आज सम्मको कारोना भाईरसको प्रतिबेदन सार्वजनिक गर्दै हाल सम्म ३५५ जनाको आर डि टी गरिएको जनाएको हो । नगरपालिकामा हाल सम्म ८४ जनामा कोरोना भाईरस संक्रमण पुष्टि भएको स्वास्थ्य शाखाका प्रमुख केसीले जानकारी दिनुभयो ।
यस्तै संजिवनीमा रहेको आईसोलेसनमा १३ जान रहेका छन् भने क्वारेन्टाईनमा हाल सम्म ४२५ जना बसिसकेका छन् ।
प्रतिक्रिया