जनकपुरधाम १९ साउन : प्रदेश २ को मुख्यमन्त्री कार्यालयका ६ जना कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको छ । सोमबार मुख्यमन्त्री कार्यालयका ६ जना कर्मचारीमा कोरोना संक्रमण देखिएको धनुषाका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईले जानकारी दिए ।
उनका अनुसार उनीहरु २२ देखि ५२ वर्ष उमेर समूहका छन् । मुख्यमन्त्री कार्यालयमा खटिएका १ जना ट्राफिक प्रहरीमा पनि कोरोना संक्रमण पुष्टि भएको उनले बताए । प्रादेशिक अस्पताल जनकपुरधामका दुई जना चिकित्सकसहित १६ जना कर्मचारीमा पनि कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालयका सह निर्देशक विजय झाले जानकारी दिए ।
झाका अनुसार संक्रमितमध्ये २ जना नर्स हुन् भने अन्य कर्मचारी छन् । उनीहरु २३ देखि ७२ वर्ष उमेर समूहका छन् । त्यस्तै, प्रादेशिक प्रयोगशालाका २ जना कर्मचारीमा पनि कोरोना संक्रमण पुष्टि भएको छ । अनलाईन खबर
प्रतिक्रिया