२०८१, १५ बैशाख शनिबार

काभ्रेकाे सिपालीमा नेकपाको अगुवा कार्यकर्ता भेला

काभ्रेकाे सिपालीमा नेकपाको अगुवा कार्यकर्ता भेला


धुलिखेल, १६ साउनः रोशी गाउँपालिका वडा नम्बर ६ सिपालीमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को अगुवा कार्यकर्ता भेला भएर नेतृत्वलाई सांगठानिक गतिविधि बढाउने सुझाव दिएका छन् । शनिबार भएको भेला तीन वाटै निर्वाचन पछि पहिलो पटक भएको हो ।

भेलामा सहभागि पार्टी कार्यकर्ताहरुले निर्वाचनमा पार्टी होमिएपछि गाउँमा सांगठानिक गतिविधि ठप्प भएको भन्दै केन्द्रमा विवाद नगर्न समेत सुझाव दिएका छन् । उनीहरुले गाउँगाउँमा पार्टीको गतिविधि शुन्य भएको भन्दै गाउँका कार्यकर्तालाई निराश नबनाउन समेत नेतृत्वलाई आग्रह गरेका छन् ।

अगुवा कार्यकर्ता भेलामा सहभागि हुन नेकपा काभ्रेका नेता जगत शाह, हरिकुमार मैनाली, पूर्णचन्द्र सिग्देल, गोविन्द्र उप्रेती लगायत पुगेका थिए । उनीहरुले भेलामा सहभागि कार्यकर्ताले राखेको जिज्ञासा र हाल जिल्ला पार्टी कमिटीमा भइरहेको परिदृश्यलाई समेत समेट्ने प्रयास गरेका छन् ।

भेलाले नेकपाका नेता तथा पूर्व गाविस अध्यक्ष भिमबहादुर सिवाकोटीको संयोजत्वकमा १५ सदस्यीय सम्पर्क तथा संगठन परिचालन कमिटी गठन गरेको छ । भेलाले पार्टी एकताको भावनालाई थप मुजबुद गर्दै लैजान जतिसक्दो छिट्टो वडा अधिवेशन गर्ने समेत निर्णय गरेको छ ।

प्रकाशित मिति : २०७७, १७ श्रावण शनिबार  ९ : ०६ बजे

जंगलको डढेलो गाउँमा, ७० भन्दा धेरै घरगोठ जले

रुपन्देही: लुम्बिनी प्रदेशका पहाडी जिल्ला अर्घाखाँची, गुल्मी, पाल्पा, प्यूठानका वन

विराटनगरको रानीमा झडप: डिएसपीसहित ७ प्रहरी घाइते

विराटनगर: मोरङ प्रशासनले अर्को सूचना जारी नहुञ्जेल भेला, र्‍याली, सभा

काभ्रेमा अज्ञात समूहले काटिदियो बुद्धचित्तको बोट, तीन करोडमा लागेको थियो ठेक्का

काभ्रे । काभ्रेको रोशी–५ नागबेलीमा रहेको ठकुरानी तामाङको घरमा रहेको

मिडिया काउन्सिल विधेयक पारित गर्ने तयारीमा सरकार

काठमाडौं । सूचना सञ्चार तथा प्रविधिमन्त्री रेखा शर्माले मिडिया काउन्सिल

को कतिबेर सुत्छन्, सबैभन्दा लामो निन्द्रा चिनियाँको !

काठमाडौं । कामको धपेडीले गर्दा राम्ररी निदाउन नपाएर लखतरान परिरहने