धुलिखेल, १६ साउनः काभ्रेको तेमाल गाउँपालिकाका शिक्षकहरुलाई क्वारेन्टाइनमा राखिने भएकोछ । पालिकाले एक सुचना निकाल्दैँ साउन २० गते देखी ३२ गते सम्म होम क्वारेन्टाइमा बस्नको लागि सबै शिक्षहरुलाई अनुरोध गरेको हो ।
भदौँ १ गतेबाट विद्यालय खोल्न सरकाले तयारी गरेसँगै तेमाल गाउँपालिकाले पालिका वा जिल्ला वाहिर रहेका सबै शिक्षकहरुलाई २० गने भित्र पालिकामा आइपुग्नको लागि अनुरोध गरेका छ । शिक्षकहरुको स्वास्थ्य परिक्षण गरिसकेपछि मात्र विद्यार्थी भर्ना, शैक्षिक योजना निमार्ण, विद्यार्थी सम्पर्क, शिक्षण सिकाई सहजीकरण र विद्यालयमा अन्य कार्य सुचारु गरिने गाउँपालिका अध्यक्ष सलाम सिं तामाङले जानकारी दिनुभयो ।
विद्यालयमा बनाइएको क्वारेन्टाइन भने वडा कार्यलयको समन्वयमा अयन्त्र सारिने प्रमुख प्रशासकीय अधिकृत लक्षुमण कुईकेलले जानकारी दिनुभयो ।
प्रतिक्रिया